मङ्लबार, चैत्र १८, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगामा व्यक्तिको जग्गामा निर्माण हुन लागेको वडाको भवन अलपत्र

बुढिगंगामा व्यक्तिको जग्गामा निर्माण हुन लागेको वडाको भवन अलपत्र

वडाकार्यलय एउटा कोठामा सञ्चालन

  • बिहिबार, फाल्गुन १, २०८१
बुढिगंगामा व्यक्तिको जग्गामा निर्माण हुन लागेको वडाको भवन अलपत्र

बाजुरा– बाजुराको बुढिगंगा नगरपालिकामा ७ को वडाकार्यलय भवन व्यक्तिको जग्गामा निर्माण भइरहेको छ । व्यक्तिको जग्गामा भवन निर्माण भइरहेपनि काम भने अलपत्र अबस्थामा रहेको छ । निर्माण सम्पन्न गर्नुपर्ने समय ३ बर्ष वितिसक्दा पनि भवनको जग हालेर अलपत्र अबस्थामा रहेको छ ।
नगरपालिकाले २०७७ सालमा व्यक्तिको जग्गामा वडाको कार्यलय बनाउने गरि ठेक्का गरेको थियो । १ करोडमा गरिएको ठेक्कामा के आर निर्माण सेवाले ६० लाख ८४ हजार ३ सय ८८ मा काम गर्ने गरि सम्झौता गरेको थियो । सम्झौता २०७७ चैत २५ गते भएको थियो, सम्पन्न मिति २०७८ असोज १५ गते सम्पन्न गर्ने रहेको थियो ।
काम सम्पन्न हुने मिति सकिएको तिन बर्ष बढी भइसक्दा पनि भवन बन्ने कुनै अत्तोपत्तो नभएको स्थानियले वताए । भवनको ठेक्का गर्ने बेला स्थानिय जग्गाधनीले निशुल्क जग्गा दिने गरि कागज बनाएको थियो । तर काम शुरु गरेको ४ बर्ष सम्म पनि जग्गा वडा कार्यलयका नाममा भएको छैन्, भने अर्को भवन पनि यो अबस्थामा रहेको छ ।
वडा अध्यक्ष भुवन सिं केसीले भने वडा कार्यलयको ठेक्का देखी सबै काम नगरपालिकाको हो । यो भवन निर्माण नहुनुमा नगरपालिका दोषी रहेको उनको दाबि छ । अहिले व्यक्तिको जग्गामा भवन निर्माण भइरहेको छ, तर भवन निर्माण भयो भने वडा कार्यलयका नाममा चाडै जग्गा पास गर्ने केसीको तर्क छ ।
नगरपालिका नगर प्रमुख राम बहादुर बाँनियाले भने पहिला त जग्गा वडा कार्यलयको नाममा हुनेपर्ने वताए । अघिल्लो कार्यकायलमा कसरी व्यक्तिको जग्गामा ठेक्का गरेको थाहा भएन्, तर वडा कार्यलयको नाममा जग्गा पास भए चाडै काम शुरु हुने उनले वताए । अर्को निर्माण कम्पनीको पनि काममा लार्पवाहि भएको उनले वताए ।
भवन निर्माण अलपत्र छ, वडा कार्यलय एउटा जिर्ण कोठामा सञ्चालन भइरहेको छ । सिमलकोट गाउँमा रहेको बालशिक्षालाइ बिस्थापित गरेर विगत ७ बर्ष देखी सानो कोठामा वडा कार्यलय सञ्चालनमा रहेको छ । एउटा कोठामा ६ जना कर्मचारी १ जना वडा अध्यक्ष बस्ने गरेका छन् ।
वडा कार्यलयको एउटा मात्र कोठा रहेको छ । कोठा भित्र कर्मचारी पालो पालै गरेर काम गर्ने गरेको एक कर्मचारीले वताए । भवन अभाब सँगै वडामा इन्टरनेट समेत नहुँदा काम गर्न निकै समस्या भएको वडा कार्यलयमा कार्यरत एक कर्मचारीले वताएका छन् ।
यो वडा कार्यलय अलपत्र बन्नमा वडा र नगरपालिका दुबै दोषि भएको स्थानीय बताउछन् । एक अर्कालाइ आरोप लगाउने मात्र काम भएको पाइन्छ । वडाअध्यक्ष काँग्रेस बाट दोस्रो पटक निर्वाचित हुन् । नगरपालिका नगरप्रमुख एमाले बाट निर्वाचित सँगै कार्यपालिकामा एमालेको बहुमत रहेको छ । यो भवन ठेक्का हुने समयमा भने काँग्रेस बाट निर्वाचित नगरप्रमुख थिए ।

चर्चामा

सम्बन्धित समाचार