• होमपेज
  • बडिमालिका
  • बाजुरामा ९७ प्रतिशत किशोरीलाई लगाइयो एचपीभी खोप,अभियान जारी

बाजुरामा ९७ प्रतिशत किशोरीलाई लगाइयो एचपीभी खोप,अभियान जारी

  • बुधबार, माघ ३०, २०८१
बाजुरामा ९७ प्रतिशत किशोरीलाई लगाइयो एचपीभी खोप,अभियान जारी

बाजुरा– सरकारले अभियानका रुपमा सञ्चालन गरेको एचपीभी खोप अभियान अर्न्तगत बाजुरामा हालसम्म करिब ९७ प्रतिशत किशोरीहरुलाई खोप लगाइएको छ । माघ २२ देखि २९ गतेसम्म महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभीे खोप जिल्लाका ९ वटै पालिकाका ९७ प्रतिशत अर्थात ७ हजार ६ सय ४७ किशोरीहरुलाई लगाइएको हो ।
स्वास्थ्य कार्यालय बाजुराका अनुसार हिमाली गाउँपालिका र बुढीनन्दा नगरपालिकामा अहिले पनि खोप अभियान सञ्चालन भई रहेको छ भने अन्य पालिकामा करिब सम्पन्न भइसकेको छ ।
स्वास्थ्य कार्यालयका खोप कार्यक्रम फोकल पर्सन खडकराज गिरीले जिल्लामा हालसम्म करिब ९७ प्रतिशत किशोरीहरुलाई खोप लगाई सकेको बताएका छन् । उनका अनुसार अझै विद्यालय जाने र नजाने गरी २ सय ४७ किशोरीहरुलाई एचपीभी खोप लगाउन बाँकी रहेको छ । त्यस्तै कोही खोप लगाउन बाँकी रहेको छ भने नजिकको स्वास्थ्य संस्थामा गएर खोप लागउन उनले आग्रह गरेका छन् ।
यसअघि स्वास्थ्य कार्यालयले एचपीभी खोप अभियान सम्बन्धी अभिमुखिकरण कार्यक्रम गर्दै जिल्लाभर ७ हजार ८ सय ९४ अर्थात सत प्रतिशत किशोरीलाई नै खोप लगाउने लक्ष्य रहेको बताएको थियो । एचपीभी खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म देशभर सञ्चालन भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार