• होमपेज
  • शिक्षा
  • एसईईमा बाजुराबाट ३ हजार बढी विद्यार्थी सहभागी हुदैँ, १७ परीक्षा केन्द्र तोकिए (सूचीसहित)

एसईईमा बाजुराबाट ३ हजार बढी विद्यार्थी सहभागी हुदैँ, १७ परीक्षा केन्द्र तोकिए (सूचीसहित)

  • मङ्लबार, माघ २९, २०८१
एसईईमा बाजुराबाट ३ हजार बढी विद्यार्थी सहभागी हुदैँ, १७ परीक्षा केन्द्र तोकिए (सूचीसहित)

बाजुरा—यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बाजुराबाट ३ हजार बढी विद्यार्थीहरु सहभागी हुने भएका छन् । आगामी चैत ७ गतेबाट सञ्चालन हुने एसईईमा जिल्लाबाट नियमित र ग्रेडवृद्धि गरी ३ हजार १७ विद्यार्थी सहभागी हुने भएका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाई बाजुराले सोमवार एसईईमा सहभागी हुने विद्यार्थी संख्या र परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

शिक्षा इकाई प्रमुख टिकाराम जोशीका अनुसार एसईई परीक्षामा साधारणतर्फ नियमित २ हजार २ सय १५ र ग्रेडवृद्धिका ६ सय ४२ विद्यार्थी सहभागी हुदैँ छन् । त्यस्तै प्राविधिक धारतर्फ १ सय २ नियमित र ३३ जना ग्रेडवृद्धिका सहभागी हुने छन् । इकाई प्रमुख जोशीले जिल्लाका ९ वटै पालिकाका १७ वटा विद्यालयमा एसईईको परीक्षा केन्द्र तोकिएको जानकारी दिएका छन् । उनका अनुसार १५ वटा परीक्षा केन्द्रबाट गत बर्षका ग्रेडवृद्धि तथा यस बर्षका नियमित विद्यार्थी परीक्षा दिने छन् भने प्राविधिक धारतर्फका विद्यार्थीहरुका लागि बालमन्दीर आधारभूत विद्यालय मार्तडी परीक्षा केन्द्र (क) तोकिएको छ ।

त्यस्तै शिक्षा इकाईले जारी गरेको सूचनाअनुसार २०७८ र ०७९ मा नियमित एसइईमा सहभागी भई २०८१ मा ग्रेडवृद्धितर्फ पुराना प्रश्नपत्रको परीक्षा दिने २५ विद्यार्थी छन् । तिनीहरु रहेका जिल्लाका १६ वटा विद्यालयका लागि बालमन्दीर आधारभूत विद्यालय मार्तडी परीक्षा केन्द्र (ख) तोकिएको जनाएको छ ।
हेर्नुहाेस् परीक्षा केन्द्रहरु । 

May be an image of ticket stub, blueprint and text

May be an image of text

May be an illustration of ticket stub, blueprint, map and text

May be an image of blueprint, ticket stub and text

याे पनि

 

चर्चामा

सम्बन्धित समाचार