बझाङ—देशका सबै स्थानीय तहहरूमा ‘क’ वर्गका वाणिज्य बैंकहरूका शाखा पुगेका छन्। एभरेष्ट बैंकले बझाङको साइपाल गाउँपालिकामा सोमबार शाखा कार्यालय खोलेसँगै देशका सबै ७ सय ५३ स्थानीय तहमा वाणिज्य बैंकहरूको सेवा पुगेको हो ।
बझाङको साइपाल गाउँपालिकामा सोमबार एभरेष्ट बैंक लिमिटेडको शाखा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका छन् । राष्ट्र बैंकका अनुसार उक्त शाखाको उद्घाटनसँगै ७ सय ५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको वित्तीय सेवा विस्तार भएको हो ।