• होमपेज
  • समाज
  • ‘डढेलोको ९६ प्रतिशत कारण मानवीय लापरवाही’

‘डढेलोको ९६ प्रतिशत कारण मानवीय लापरवाही’

  • सोमवार, माघ २८, २०८१
‘डढेलोको ९६ प्रतिशत कारण मानवीय लापरवाही’

काठमाडौं —वन डढेलोको ९६ प्रतिशत कारण मानवीय लापरवाही भएको पाइएको छ। सोमबार प्रतिनिधिसभा बैठकमा वन तथा वातावरणसम्बन्धी सांसदले उठाएका प्रश्नको जवाफ दिँदै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले मानवीय कारण नै डढेलोको मुख्य कारण रहेको तथ्यांकले देखाएको बताएका हुन्। उनले नेपालमा करिब ९६ प्रतिशत डढेलो मानवीय हेलचेक्रयाइँबाट हुने गरेको बताउँदै सबै सचेत हुन आग्रह समेत गरे।

‘नेपालमा करिब ६५ प्रतिशत डढेलो चैत्र र वैशाख मध्यतिर लाग्ने गरेको पाइएको छ,’उनले भने,’ विभिन्न कारणले डढेलो लाग्ने गरेपनि मानवीय कारणबाट भने ९६ प्रतिशत वन डढेलो लाग्ने हुने गरेको पाइएको छ। सबै सचेत हुन जरूरी छ।’

हालसम्म सन् २०२१ मा सबैभन्दा बढि ६५ /६६ वटा डढेलोका घटना घटेको र डढेलो करिबकरिब सबै जिल्लामा फैलिएको तथ्यांकले देखाएको मन्त्रीले जानकारी दिए। मन्त्री शाहीका अनुसार यस वर्ष एक महिनाको तथ्यांक हेर्दा २५ जिल्लाका विभिन्न स्थानमा गरी ५६ वटा डढेलोका घटना घटेको पाइएको छ। यस वर्ष सबैभन्दा बागमती प्रदेशमा र सबैभन्दा सुदूरपश्चिम प्रदेशमा डढेलो लागेको पाइएको हो।

यस वर्ष कतिपय स्थानमा डढेलो नियन्त्रणमा लिइसकेको र कतिपय ठाउँमा नियन्त्रणको प्रयासमा रहेको मन्त्री शाहीले बताए। नेपालमा डढेलोबाट औसतरुपमा वार्षिकरुपमा ८ जनाको मृत्यु र ८ जना घाइते हुने गरेको तथ्यांकले देखाएको छ।

मन्त्री शाहीले वनमा लागेको डढेलो गाउँवस्तीमा फैलिन गइ मानवीय क्षति हुने गरेको भन्दै सबै सचेत हुन जरूरी रहेको बताए। पछिल्ला दिनमा डढेलोका घटना वृद्धि भइ मानवीय क्षतिसँगै वनस्पति,जीवजन्तु र जैविक विविधताको नास हुँदै गएको छ। जसले गर्दा वायु प्रदूषण समेत बढ्दै गएको छ। अन्नपूर्ण

चर्चामा

सम्बन्धित समाचार