सोमवार, चैत्र १७, २०८१
  • होमपेज
  • समाज
  • स्वास्थ्यकर्मी प्रेमले रगत दिएर बचाए बाजुराकी एक सुत्केरीको ज्यान

स्वास्थ्यकर्मी प्रेमले रगत दिएर बचाए बाजुराकी एक सुत्केरीको ज्यान

  • शनिबार, माघ २६, २०८१
स्वास्थ्यकर्मी प्रेमले रगत दिएर बचाए बाजुराकी एक सुत्केरीको ज्यान

बाजुरा—बाजुरामा एक सुत्केरी महिलालाई स्वास्थ्यकर्मीले नै रगत दिएर नयाँ जीवन दिएका छन् । स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ४ की २८ बर्षीय सुलोचना नेपालीलाई स्वास्थ्यकर्मी प्रेम नेपालीले रगत दिएर बचाएका हुन् ।

करिब दुई हप्ता अगाडि कोल्टी आधारभूत अस्पतालमा पुगेकी नेपालीले मृत बच्चाको जन्म दिएकी थिइन् । त्यसपछि केही दिन अस्पतालमै रहेकी सुत्केरी नेपालीको विस्तारै स्वास्थ्यमा सुधार हुदैँ गएपछि घर फर्किइन् ।

तर माघ २४ गते एक्कासी स्वास्थ्यमा समस्या भएपछि फेरी अस्पताल पुगिन् । अत्याधिक रक्तस्राव भएर शरीरमा रगतको मात्रा कमी भएपछि सोही अस्पतालमा कार्यरत सहायक फार्मासिस्ट प्रेम नेपालीले रगत दिएर उनलाई नयाँ जीवन दिएका छन् । त्यति बेला उनको शरीरमा हेमोग्लोविनको मात्रा जम्मा ५ दशमलव २ मात्र थियो ।

अस्पतालका अनुसार अहिले उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको छ ।

जिल्लामा रगत सङ्कलन केन्द्र नभए पछि यहाँका दुर्गम गाउँमा रगत नपाएरै छट्पटिएकी गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्यकर्मी, स्थानीय, सुरक्षाकर्मी लगायतले नै रगत दिएर बचाउने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार