• होमपेज
  • राजनीति
  • घोराही-८ का वडाध्यक्ष एमालेबाट निष्कासित

घोराही-८ का वडाध्यक्ष एमालेबाट निष्कासित

  • बिहिबार, माघ २४, २०८१
घोराही-८ का वडाध्यक्ष एमालेबाट निष्कासित

दाङ — घोराही उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष जितेन्द्र शाहलाई एमालेले कारबाही गरेको छ । एमाले जिल्ला कमिटीको बुधबार घोराहीमा बसेको बैठकले शाहलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको हो ।
पार्टी हितविपरीत काम गरेका कारण शाहलाई कारबाही गरिएको एमाले दाङका प्रचार विभाग प्रमुख संगित बस्यालले बताए ।

शाहले सार्वजनिकरुपमा र सामाजिक सञ्जालमा पार्टी र नेताविरुद्ध अभिव्यक्ति दिने गरेको र पटकपटक सचेत गराउँदा पनि सुधार नभएपछि कारबाही गरिएको उनले बताए । शाह २०७९ को निर्वाचनमा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।

बैठकले यही फागुन ५ गते एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने गरी घोराहीमा आयोजित सभालाई सफल पार्न जिल्ला अध्यक्ष शिवकुमार आचार्यको संयोजकत्वमा १ सय ७६ सदस्यीय मूल व्यवस्थापन समिति र विभिन्न उपसमिति गठन गरेको बस्यालले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार