• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • एचपीभी खोप अभियानः बाजुरामा पहिलो दिन लगाइयो ७ पालिकाका २७ सय बढी किशोरीलाई

एचपीभी खोप अभियानः बाजुरामा पहिलो दिन लगाइयो ७ पालिकाका २७ सय बढी किशोरीलाई

  • मङ्लबार, माघ २२, २०८१
एचपीभी खोप अभियानः बाजुरामा पहिलो दिन लगाइयो ७ पालिकाका २७ सय बढी किशोरीलाई

बाजुरा—सरकारले आजदेखि देशभर अभियानका रुपमा सञ्चालन गरेको एचपीभी खोप अभियान बाजुरामा पनि उत्साहका साथ सुरु गरिएको छ । स्वास्थ्य कार्यालय बाजुराले सदरमुकाम मार्तडी स्थित मालिका माध्यमिक विद्यालयमा एक औपचारिक कार्यक्रमका बिच एचपीभी खोप अभियान सुभारम्भ गर्दै जिल्लाभर सुरु गरिएको हो ।

स्वास्थ्य कार्यालय बाजुराका कोल्ड चेन असिस्टेन्ट खडकराज गिरीका अनुसार एचपीभी खोप अभियानको पहिलो दिन जिल्लाका ७ पालिकाका २ हजार ७ सय ५३ किशोरीहरुलाई खोप लगाइएको छ । उनका अनुसार अभियानको पहिलो दिन त्रिवेणी र बडीमालिका नगरपालिकाको एकिन विवरण संकलन भइरहेको छ ।

महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप बाजुराका ७ हजार ८ सय ९४ जना किशोरीहरुलाई लगाइदै छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा माघ २२ देखि २८ गतेसम्म सञ्चालन हुने एच.पि.भीे खोप अभियानमा विद्यालय जाने ७ हजार ८ सय ६० र विद्यालय नजाने ३४ किशोरीहरुलाई खोप लगाइने भएको हो ।

त्यस्तै जिल्लाका ९ वटै स्थानीय तहका १ सय १८ विद्यालय तथा ९१ अन्य खोप केन्द्रबाट खोप अभियान सञ्चालन भएको छ भने खोप अभियानमा २ सय १० स्वास्थ्यकर्मी र ४ सय १८ स्वयमसेवक खटिएका छन् ।
यो अभियान बाजुरामा माघ २२ देखि २८ गतेसम्म सञ्चालन हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार