शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • अनेरास्ववियुको २४ औं महाधिवेशन जेठ १ देखि गर्ने निर्णय

अनेरास्ववियुको २४ औं महाधिवेशन जेठ १ देखि गर्ने निर्णय

  • सोमवार, माघ २१, २०८१
अनेरास्ववियुको २४ औं महाधिवेशन जेठ १ देखि गर्ने निर्णय

काठमाडौं —नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं महाधिवेशन जेठ १ देखि ४ सम्म आयोजना हुनेगरी सरेको छ ।

स्थायी कमिटीको सोमबार सम्पन्न बैठकले महाधिवेशनको मिति सारेको प्रवक्ता तथा अनेरास्ववियुका सचिव प्रकाश पौडेलले जानकारी दिए । यसअघि चैतमा निर्धारित महाधिवेशन स्ववियु निर्वाचन चैत ६ गते आयोजना हुने भएकाले सार्नुपरेको अध्यक्ष समिक बडालले बताए ।

अखिल स्थापना दिवसकै अवसर पारेर महाधिवेशनको मिति सारिएको हो । अनेरास्ववियुको स्थापना २०२२ साल जेठ १ गते भएको थियो । संस्थापक अध्यक्ष विश्वकान्त मैनाली थिए ।

चर्चामा

सम्बन्धित समाचार