शुक्रबार, माघ २४, २०८२
  • होमपेज
  • राजनीति
  • प्रेस चौतारी नेपाल बाजुरा शाखाको छैटाैँ जिल्ला अधिबेशन माघ २२ गते हुने

प्रेस चौतारी नेपाल बाजुरा शाखाको छैटाैँ जिल्ला अधिबेशन माघ २२ गते हुने

  • सोमवार, माघ २१, २०८१
प्रेस चौतारी नेपाल बाजुरा शाखाको छैटाैँ जिल्ला अधिबेशन माघ २२ गते हुने

बाजुरा— नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल बाजुरा शाखाको छैटाैँ जिल्ला अधिबेशन  माघ २२ गते अर्थात भाेली हुने भएकाे छ । बाजुरा शाखाले संगठनकाे स्थापना दिवसकाे अवसर पारी स्थापना दिवसकै दिन माघ २२ गते नै छैटाै जिल्ला अधिबेशन गर्ने भएकाे हाे । बाजुरा शाखाकाे आज बिहान सम्पन्न बैठकले माघ २२ गते नै अधिबेशन स‌ंगै संगठनकाे स्थापना दिवस पनि मनाउने निर्णय गरीएकाे प्रेस चाैतारी नेपाल जिल्ला संगठन बाजुराका अध्यक्ष मदन विकले बताएका छन ।

जिल्ला शाखाले हरेक बर्ष स‌गठनकाे स्थापना दिवसकाे अवसरमा दिदै आएकाे बिनाेद स्मृती पत्रकारीता पुरस्कार र कृयाशिल महिला पत्रकार पुरस्कार पनि २७ औँ स्थापना दिवसकाे अवसरमा दुइ जना पत्रकारलाइ दिने निर्णय गरिएकाे प्रेस चाैतारी जिल्ला शाखा बाजुराका सचिव रमित विकले बताएका छन ।

प्रेस चाैतारी जिल्ला समिति बाजुराका अध्यक्ष मदन विककाे अध्यक्षतामा संचालन भएकाे बैठकमा प्रेस चाैतारी केन्द्रीय सदस्य बसन्त विश्वकर्मा र बिमला रावल, सुदुरपश्चिम  प्रदेश कमिटी  सदस्य लक्ष्मीराज पाध्याय, शाखाका सस्थापक  अध्यक्ष प्रकाश सिंह, जिल्ला शाखाका पदाधिकारी लगायत सदस्यहरुकाे सहभागीतामा बैठक सम्पन्न भएकाे सचिव विकले बताएका छन  ।

चर्चामा

सम्बन्धित समाचार