शुक्रबार, फाल्गुन २३, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको खप्तड छेडेदहका एक बालक पाँच दिनदेखि धनगढीमा वेपत्ता

बाजुराको खप्तड छेडेदहका एक बालक पाँच दिनदेखि धनगढीमा वेपत्ता

  • शनिबार, माघ १९, २०८१
बाजुराको खप्तड छेडेदहका एक बालक पाँच दिनदेखि धनगढीमा वेपत्ता

बाजुरा—बाजुराका एक जना बालक पाँच दिनदेखि धनगढीमा वेपत्ता भएका छन् । खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ धनाल्तका अन्दाजी १५ बर्षका नबिन रावत वेपत्ता भएका हुन् ।

पढाईको शिलसिलामा धनगढी उपमहानगरपालिकामा बस्दै आएका नबिन पाँच दिनदेखि हालसम्म सर्म्पकविहिन रहेको आफन्तहरुले बताएका छन् । उनी माघ १५ गते बिहान कोठाबाट निस्केपछि आफन्तहरुले सबै ठाउँ खोजी गर्दा पनि हालसम्म नभेटाएको नबिनका ठुलाबुवा डम्मर रावतले जानकारी दिएका छन् । उनका अनुसार कक्षा ९ मा अध्ययनरत नबिन आफन्तसँग बस्दै आएको र उनीहरुसँगको आन्तरिक विवाद हुँदा रिसाएर निस्केका थिए ।

वेपत्ता बालकको खोजी कार्य गरी दिनका लागि परिवारले सबैलाई अनुरोध गरेका छन् । उनका आमाबुवा रोजगारीको लागि भारतको बेङलोरमा रहेकोमा छोरो सर्म्पकविहिन भएपछि खोजीका लागि नेपाल फर्किएका छन् ।

यस बिषयमा जिल्ला प्रहरी कार्यालय कैलालीले बालक हराएको निवेदन आइसकेकाले उनको खोजी कार्य जारी रहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार