शुक्रबार, फाल्गुन २३, २०८१
  • होमपेज
  • राजनीति
  • देश विकास सरकारको प्रमुख लक्ष्य हो : पर्यटनमन्त्री पाण्डे

देश विकास सरकारको प्रमुख लक्ष्य हो : पर्यटनमन्त्री पाण्डे

  • शनिबार, माघ १९, २०८१
देश विकास सरकारको प्रमुख लक्ष्य हो : पर्यटनमन्त्री पाण्डे
फाइल तस्विर

ढोरपाटन— संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान सरकारको प्रमुख लक्ष्य विकास भएको बताएका छन् । आज बिहान नेपाली कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताए ।

वर्तमान सरकार गठनपछि मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार भएको उल्लेख गर्दै उनले पर्यटनको विकासबाट देशलाई आर्थिक विकासको बाटोमा अग्रसर गराउन सकिने बताए । पृथक प्रसङ्गमा उनले सत्ता साझेदार दलबीच कुनै समस्या नभएको तथा राजनीतिक स्थायित्व कायम गर्न वर्तमान सरकार बनेको बताए ।

बागलुङ कालिका, पञ्चकोट र मुक्तिनाथ क्षेत्रका कारण धौलागिरि अञ्चलमा धार्मिक पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना रहेको मन्त्री पाण्डेले बताए ।

चर्चामा

सम्बन्धित समाचार