शुक्रबार, फाल्गुन २३, २०८१
  • होमपेज
  • देश
  • कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति मृत भेटिए

कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति मृत भेटिए

  • शनिबार, माघ १९, २०८१
कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति मृत भेटिए

धनगढी- कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन् ।

भीमदत्त नगरपालिकाका सभापति कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका– १८ को मामाभान्जा चोक नजिकै मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले पौने ८ बजेको समयमा उनी मृत अवस्थामा फेला परेको जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुुर मगाइएको बताउँदै डीएसपी जोशीले अहिले घटनास्थल सिल गरिएको जानकारी दिए ।

कलौनीको शरीरमा बाहिरी चोट देखिको छैन तर घोप्टो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । तालिम प्राप्त कुुकुरको प्रयोगपछि मात्र बाँकी काम गर्ने प्रहरीको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार