शुक्रबार, फाल्गुन २३, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • खप्तड छेडेदह गाउँपालिकामा २ दिने आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन

खप्तड छेडेदह गाउँपालिकामा २ दिने आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन

  • शुक्रबार, माघ १८, २०८१
खप्तड छेडेदह गाउँपालिकामा २ दिने आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन

बाजुरा— बाजुराको खप्तड छेडेदह गाउँपालिकामा दुई दिने आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराको आयोजनामा खप्तड छेडेदह गाउँपालिका वडा न ५ मा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराका प्रमुख रंग बहादुर कार्कीको अध्यक्षतामा संचालन भएको शिबिरमा खप्तड छेडेदह गाउँपालिका वडा न ५ का वडाअध्यक्ष जित बहादुर रावतको प्रमुख आतिथ्यमा संचालन गरिएको थियो ।

माघ १६ र १७ गते संचालन भएको आयुबेर्द स्वास्थ्य शिबिरमा ३ सय ९३ जना महिला, ४ सय ११ पुरुष, ७८ जेष्ठ नागरिक र ५१ जना स्थनपायी आमा गरि ९ सय ३३ जनाले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराका प्रमुख रंग बहादुर कार्कीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार