सोमवार, फाल्गुन १९, २०८१
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभा बैठकको सुरुमै रास्वपाको अवरोध

प्रतिनिधिसभा बैठकको सुरुमै रास्वपाको अवरोध

  • शुक्रबार, माघ १८, २०८१
प्रतिनिधिसभा बैठकको सुरुमै रास्वपाको अवरोध

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन बैठक सुरु हुनासाथ रास्वपाले बैठक अवरोध गरेको हो । यसअघि सभामुख देवराज घिमिरेलाई भेटेर रास्वपा सभापति रवि लामिछानेले आफ्नो नलिम्बन फुकुवाको माग गरेका थिए ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि रास्वपाले सो विषय उठाएको थियो । उक्त विषयबारे ध्यानाकर्षण गर्दै सभामुख घिमिरेले निरन्तर संसद् अवरोध नगर्न आग्रह गरिरहेका छन् । तर, रास्वपा सांसदहरूले बैठक अवरोध गरिरहेका छन् । उनीहरूले बैठकको सुरुमै आफूहरूले धारणा राख्नुपर्ने माग राखिरहेका छन् ।

‘आज हामीले दलीय आधारमा समय निर्धारण गरेर दलको प्रतिनिधिको हिसाबमा विचार राख्ने कार्यसूची बनाएका छौं,’ सभामुख घिमिरेले भने, ‘सोही कार्यसूचीलाई मानिदिनुहुन अनुरोध गर्दछु ।’

चर्चामा

सम्बन्धित समाचार