बाजुरा– बडिमालिका नगरपालिका क्षेत्रमा रहेका ठुला पुर्बाधारका योजनाहरु समयमै सम्पन्न गर्न बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले ध्यानाकर्षण गराएका छन । लामो समयदेखी अलपत्र रहेका योजनाहरु सम्झौता भएको मिति सकिए पनि काम सम्पन्न नभएको भन्दै सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका हुन ।
बडिमालिका नगरपालिका भित्र रहेका ठुलीसाँघु पक्कीपुल बाउली पक्की पुल समयमै सम्पन्न गर्न पुर्बाधार कार्यालय र सडक बिभागलाई अनुरोध गरेका छन । नगर प्रमुख लगायत सडक बिभागका ईन्जीनियरहरुको टोलीले अनुगमन समेत गरिएको छ । अनुगमनका क्रममा ठुलीसाघु पुगेको टोलीले ठेकेदार कम्पनीलाई तोकिएको समयमै काम सम्पन्न निर्देशन गरेका छन ।
ठुला योजनाहरु अलपत्र अबस्थामा परेको र नागरिकले सास्ती भागेको भन्दै निर्माण कार्य छिटो छरितो र गुणस्तरिय बनाउन ईन्जीनियर सहितको टोलीले निदेर्शन गरेको बडिमालिका नगरपालिका नगर प्रमुखको सचिवालयले जनाएको छ । बडीमालिका नगरपालिका नगर प्रमुख र नगर प्रवक्ताद्वारा ठुलीसककागु पुल,कारागर मुनिको सडक,वाउली पुल तथा अनाई पुलको अनुगमन गर्नुका साथै काम छिटो सम्पन्न गर्न सम्वन्धित निकायलाई ध्यानआकर्षण गरिएको सचिवालयले जनाएको छ ।