बिहिबार, फाल्गुन ८, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • भूकम्प प्रभावितका समस्या बुझ्न बाजुराका प्रजिअ लगायतकाे टाेली गाउँमा

भूकम्प प्रभावितका समस्या बुझ्न बाजुराका प्रजिअ लगायतकाे टाेली गाउँमा

  • बिहिबार, माघ १७, २०८१
भूकम्प प्रभावितका समस्या बुझ्न बाजुराका प्रजिअ लगायतकाे टाेली गाउँमा

बाजुरा– बाजुराका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुखहरुले भूकम्प प्रभावितका समस्या बुझ्न गाउँमा गएका छन । प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या लगतायकाे टाेली गौमुल गाउँपालिका-२ आगरका भूकम्पबाट विस्थापित भएका १२ परिवारलाई बस्तीमै पुगेर भेटघाटन गरेका हुन् ।  गौमुल गाउँपालिको समन्वयमा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या,  जिल्ला प्रहरी कार्यालय बाजुरा प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरी, गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा, वडाध्यक्ष अमर बहादुर विक लगायतको टोलीले विस्थापित परिवारको अवस्थाको बारेमा जानकारी लिएका छन् ।

२०७९ माघ १० गते आएको भूकम्पबाट विस्थापित भएका परिवारहरु अहिले पनि टिनको टहरामा बसिरहेका छन् । अब छिट्टै पुर्नःनिर्माण हुने भएकाले त्यहाँको बस्तुस्थिति बुझ्न जिल्लाको सिङ्गो टोली भूकम्प प्रभावित बस्तीमा पुगेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन् । टिनको टहरामा सपरिवार एकै कोठमा बस्नु परेको छ, दैनिक जीवन यापन गर्न निकै कठिन रहेकाले छिटो बस्ती विस्तारसंगै घर निर्माणका लागि सबैले पहल कदमी गर्नुपर्ने आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी पाध्याले बताए ।

बस्ती विस्तारका लागि गाउँपालिकाले जग्गा खरिद प्रक्रिया अगाडी बढाइसकेकाे उपाध्यक्ष सीता थापाले बताएकी छन् । पालिकाको स्रोत साधनले नपुग्ने र संघीय सरकारले खासै ध्यान नदिँदा हालसम्म दुःख भोग्नु परेको बताउँदै अब छिट्टै बस्ती विस्तार गरिने उनको भनाइ छ ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको नेतृत्वको टोलीमा जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकाया, गाैमुल गाउँपालिका उपाध्यक्ष सीता थापा, प्रहरी नायव उपरीक्षण दिलीप कुमार गिरी, वडा नं.४ का वाडध्यक्ष अमर बहादुर विक, प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्ट लगायत पत्रकारको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार