बुधबार, फाल्गुन ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • जन्मदिनकाे अवसरमा वडाअध्यक्ष पाध्यायद्धारा विद्यार्थीलाई सहयाेग

जन्मदिनकाे अवसरमा वडाअध्यक्ष पाध्यायद्धारा विद्यार्थीलाई सहयाेग

  • बिहिबार, माघ १७, २०८१
जन्मदिनकाे अवसरमा वडाअध्यक्ष पाध्यायद्धारा  विद्यार्थीलाई  सहयाेग

बाजुरा– बडिमालिका नगरपालिका वडा न ७ का वडाअध्यक्ष धर्मराज पाध्यायले आफ्नाे जन्मदिनकाे अवसरमा विद्यार्थी हरुलाई न्यानाे कपडा र स्टेसनरी सहयाेग गरेका छन् । वडा अध्यक्ष पाध्यायले  एक कार्यक्रमकाबीच  गरिव तथा विपन्न १४ बालबालिकालाइ न्यानाे लुगा तथा स्टेशनरी सहयाेग गरेका हुन ।

  बडिमालिका नगरपालिका वाड न ७ मा रहेका बिद्यालयमा अध्यायनरत अति बिपन्नान परिवारका बालवालिका हरुलाई कपि,कलम सहयाेग गरेकाे वडाअध्यक्ष  पाध्यायले बताए  ।

जन्मदिनकाे अबसरमा आफ्ना वडामा रहेका ४ वटा बिद्यालय १४ जना छात्र,छात्रा हरुलाई ज्याकेट  स्टेशनरी  सामान बितरण गरेका हुन । वडाअध्यक्ष पाध्यायले आफ्नाे जन्मदिनकाे उपलक्ष्यमा प्रत्यका बर्ष बिभिन्न सहयाेग गर्दै आएका छन ।

पछिल्लो समयमा ठूलो खर्च गरेर जन्मदिन मनाउने प्रचलन बढेको अवस्थामा खर्चलाइ सदुपयोग गर्दै विपन्न बालबालिकाहरुलाइ सहयाेग गर्नु प्रशंसनीय कार्य भएको स्थानियले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार