• होमपेज
  • बडिमालिका
  • रैथाने राडीपाखी बुनाई तालिम संचालन

रैथाने राडीपाखी बुनाई तालिम संचालन

  • बुधबार, माघ १६, २०८१
रैथाने राडीपाखी बुनाई तालिम संचालन

बाजुरा– बडिमालिका नगरपालिकामा रैथाने राडीपाखी बुनाई तालिम संचालन गरिएको छ । ब्यवसायिक शिक्षामा बिध्यार्थीको नबिनतम सोच, रैथाने सीप र उद्यमशिलताले नयाँ नेपाल निर्माणमा जोड भन्ने मुल नाराका साथ एक कार्यक्रमकाबिच सो तालिम संचालन गरिएको हो ।

बडिमालिका नगरपालिकाको आयोजनामा संचालन भएको रैथाने राडीपाखी बुनाई तालिम मालिका माध्यामिक बिध्यालय र नेपाल भोटे जनजाती सेवा संघको समन्वय तथा सुईजरल्याण्डमा रहेको आई ल्याव नेपाल संस्था र काठमाण्डौ बिस्व बिध्यालयका प्राबिधीक सहयोगमा तालिम संचालन हुने बडिमालिका नगरपालिका नगर प्रमुख अमर खड्काले बताएका छन ।
काठमाण्डौँ बिश्वबिध्यालयमा बिभिन्न समयमा प्रस्ताव राखेर जिल्लामा उत्पादित उनबाट राडी तथा पाखी तालिमपश्चात लोभ हुन लागेका रैथाने सिपको बचाउ संघै बिध्यार्थीलाई सिपमा आधारीत ब्यबासायीक बनाउने उदेस्यका साथ सो तालिमको आयोजना गरिएको नगर प्रमुख खड्काले बताए ।

जिल्लामा भोटेजनजातीको मुख्य पेशाका रुपमा रहेको भेडापालन ब्यावासायलाई टिकाउनका साथै भेडाबाट उत्पादन हुने उनबाट बिभिन्न साम्रगी निमार्णमा यो तालिमले सहयोग पुग्ने मालिका माध्यामिक बिध्यालयका बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष काशी विकले बताए ।

देशभरका ३५ वटा प्रस्तावमा बाजुराको बडिमालिका नगरपालिका सहित ८ ओटा प्रस्ताव पास भएकोमा सो तालिममा पीसवीन नेपाल लगायत बिभिन्न सस्थाहरुले प्राबिधक रुपमा सहयोग रहने पीसवीन नेपालका कार्यक्रम संयोजक धर्म रोकायाले बताए ।

बडिमाकिला नगरपालिकाका नगर प्रमुख अमर खड्काको अध्यक्षतामा संचालन भएको तालिमको उद्धघाटन कार्यक्रममा बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझी, बडिमालिका नगरपालिका वडा न ६ का वडाअध्यक्ष कृष्ण खड्का, मालिका माबिका बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष काशी विक, मालिका माबिका निमित्त प्रअ धिर बहादुर दानी, बडिमालिका नगरपालिका शिक्षा शाखा प्रमुख राम बहादुर कटुवाल, नेपाल भोटेजनजाती महासघ केन्द्रीय उपाअध्यक्ष गम्बुसि गुरुग पत्रकार महासघका उपाअध्यक्ष रमित विक लगायत तालिमका सहभागी मालिका माध्यामिक बिध्यालयका प्राबिधिक धारका बिध्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन बडिमालिका नगरपालिकाका कर्मचारी कृष्ण खड्काले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार