शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • एकीकृत समाजवादीले तोक्यो जिल्ला र निर्वाचन क्षेत्रको जिम्मेवारी , को कहाँ ? (सूचीसहित)

एकीकृत समाजवादीले तोक्यो जिल्ला र निर्वाचन क्षेत्रको जिम्मेवारी , को कहाँ ? (सूचीसहित)

बाजुराको इञ्चार्जमा अजबहादुर मल्ल

  • मङ्लबार, माघ १५, २०८१
एकीकृत समाजवादीले तोक्यो जिल्ला र निर्वाचन क्षेत्रको जिम्मेवारी , को कहाँ ? (सूचीसहित)

बाजुरा—नेकपा एकीकृत समाजवादीले जिल्ला र सङ्घीय निर्वाचन क्षेत्रको इन्चार्ज तोकेको छ । एकीकृत समाजवादी पार्टीले गत असारमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनपछि नेताहरूको जिम्मेवारी बल्ल तोकेको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले अन्तर पार्टी निर्देशन ४ जारी गर्दै ७७ वटै जिल्ला र १६५ सङ्घीय निर्वाचन क्षेत्रको इन्चार्ज तोकेको जनाएको छ । जसमा एक मात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको बाजुराको इञ्चार्जमा पार्टी केन्द्रीय कमिटी सदस्य अजबहादुर मल्ल तोकिएका छन् ।

पार्टीले जारी गरेको अन्तर पार्टी निर्देशनमा भनिएको छ, ‘दशौँ राष्ट्रिय महाधिवेशनपछि नयाँ कार्य विभाजनलगायतका काममा हामी केही ढिलो भएका छौँ । यसबारे पार्टी पङ्क्तिमा चासो र जिज्ञासा प्रकट हुनु स्वाभाविक छ । तर, यही समयमा हामीले आन्तरिक रूपमा समाधान गर्नैपर्ने कतिपय विषयलाई समाधान गरेका छौँ र पार्टी पङ्क्तिलाई महाधिवेशनको फैसला मुताबिक अगाडि बढ्न एकताबद्ध बनाएका छौँ ।’ स्थायी कमिटी विस्तार गर्ने, पार्टीको केन्द्रीय सचिवालय र केन्द्रीय कार्यालयको गठन गर्ने, केन्द्रीय आयोगहरू र केन्द्रीय सल्लाहकार परिषद्का साथै ज्येष्ठ कम्युनिष्ट मञ्चको गठन गर्ने र केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजन गरेको उल्लेख छ ।

केन्द्रीय विभागहरूको गठन प्रक्रिया आरम्भ गर्नुका साथै पार्टी पङ्तिलाई गतिशील बनाउँदै, एजेन्डामा आधारित भएर स्थानीय जनजागरण तथा जनपरिचालनको विस्तार गर्दै र राष्ट्रिय आन्दोलनको विकास गर्दै पार्टीलाई राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित गर्ने ठोस कार्ययोजना पनि बनाउनको उल्लेख छ।

त्यस्तै एकीकृत समाजवादीले नेताहरूलाई विभागीयसहित मोर्चा तथा फाँटका प्रमुख उपप्रमुख र इन्चार्ज तथा सह इन्चार्जको जिम्मेवारी तोकेको छ । विभागीय प्रमुखको जिम्मेवारी पदाधिकारी र पोलिटब्युरो सदस्यले पाएका छन् भने जिल्ला र निर्वाचन क्षेत्रको इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यहरूले पाएका छन् ।
सूची-

चर्चामा

सम्बन्धित समाचार