• होमपेज
  • राजनीति
  • मानव अधिकार एलाइन्स बाजुराकाे पाचौं अधिवेशन सम्पन्न

मानव अधिकार एलाइन्स बाजुराकाे पाचौं अधिवेशन सम्पन्न

  • आइतवार, माघ १३, २०८१
मानव अधिकार एलाइन्स बाजुराकाे पाचौं अधिवेशन सम्पन्न

बाजुरा– अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) बाजुराकाे पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएकाे छ। शनिबार रेडियाे बाजुराकाे सभाहलमा सञ्चालन भएकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन भएर अधिबेशन सम्पन्न भएकाे हाे  ।

अधिवेशनबाट सन्तोष वि.कको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन भएका छन् । जसकाे उपाध्यक्षमा लोकेन्द्र बहादुर खड्का, सचिवमा सरिता दास नेपाली, कोषाध्यक्षमा नन्दा कुमारी वि.क, सदस्य मान बहादुर खड्का, निर्मला खड्का र प्रमित वि.क निर्वाचित भएका छन् ।

निर्वाचित कमिटीका सदस्यहरुलाई  निवर्तमान अध्यक्ष विमला थापाले एलाइन्सकाे विधान बमोजिम सपथ ग्रहण गराएकाे थियाे । जिल्ला कार्यसमिति अध्यक्ष विमला थापाकाे अध्यक्षतामा सञ्चालन भएकाे अधिवेशनकाे प्रमुख अतिथिमा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष लाल बहादुर ओली रहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार