आइतवार, फाल्गुन ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराकाे बडीमालिका-९ का हरि थापा भारतमा बेपत्ता

बाजुराकाे बडीमालिका-९ का हरि थापा भारतमा बेपत्ता

  • आइतवार, माघ १३, २०८१
बाजुराकाे बडीमालिका-९ का हरि थापा भारतमा बेपत्ता

बाजुरा– बाजुराकाे बडीमालिका नगरपालिका वडा नम्बर ९ तल्लावाडाका हरि थापा २ सातादेखि भारतमा बेपत्ता भएका छन् । थापा भारतको हिमाञ्चल प्रदेशकाे मतयाना भन्ने ठाउँबाट  बेपत्ता भएकाे उनका छाेरा मीन थापाले बताएका छन् ।

२ महिना अघि भारत गएका अन्दाजि ५५ वर्षका थापा पुस महिनाकाे २८ गतेदेखि भारतबाट परिवारकाे सम्पर्कविहीन भएका हुन । बेपत्ता भएका बुवालाई खाेजि गर्दा अहिलेसम्म भेट नभएकाे छाेरा मीन थापाले बताए ।

बेपत्ता भएका थापाकाे खोजी गरिदिनका लागि उनकाे परिवारले सबैसंग आग्रह गर्दै आएका छन् । थापा गत मङ्सिरमा कामको खोजीका लागि भारतमा गएका थिए । बेपत्ता भएका थापालाई काेहि कसैले भेटाएमा भारतकाे पन्जावमा रहेका उनका छाेरा मीन थापाकाे याे 7618792216 सम्पर्क गर्न सकिने छ ।

चर्चामा

सम्बन्धित समाचार