शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • समाज
  • बैतडी जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

बैतडी जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

  • शनिबार, माघ १२, २०८१
बैतडी जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

बैतडी— बैतडीको सिगास गाउँपालिका– १ माडाैंहमा आज बिहान भएको जिप दुर्घटना दुईजनाको मृत्यु भएको छ ।

सिगास गाउँपालिका– १ इरानाकी १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवैको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

प्रहरी निरीक्षक पाण्डेका अुनसार सुपप्र ०१००१ च ४०२८ नम्बरको जिप सडकबाट करिब पाँच सयमिटर खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा सिगासकै ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया भागरथी धामी घाइते भएका छन् । उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जिपका चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरी निरीक्षक पाण्डेले बताए ।

चर्चामा

सम्बन्धित समाचार