बाजुरा—बाजुरामा भोलि अर्थात शनिवार विद्युत सेवा अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण वितरण केन्द्र बजाुराले शुक्रवार एक सूचना जारी गर्दैै जिल्ला सदरमुकाम सहित विभिन्न पालिकासम्म विस्तार भएको राष्ट्रिय प्रशारण लाइनको विद्युत अवरुद्ध हुने जनाएको छ ।
वितरण केन्द्रका अनुसार निर्माण सम्पन्न भई चार्ज समेत भइसकेको ३३।११ के. भिए बाजुरा सवस्टेशन देखि अछामको साँफेवगरसम्म ३३ के. भिए लाइनको ३ मिटर दायाबाँया लाइनमा छाएका रुखका हाँगाँबिगाहरु काट्ने कार्य भइरहेकाले शनिवार दिनभर विद्युत अवरुद्ध हुने भएको हो । भोलि बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म जिल्लाभर विद्युत लाइन बन्द रहने सूचनामार्फत जानकारी गराएको छ ।
त्यस्तै बाजुरामा विद्युत प्राधिकरणको ३३ केभिए प्रसारण लाइन जडान गरिएसँगै आइबारबाट भने विद्युत सेवा नियमित हुने जनाएको छ । अछामको साँफेबगरदेखि बाजुराको सदरमुकाम मार्तडीसम्म ११ केभिए विद्युत प्रसारण लाईन विस्तार गरेर ३३ केभिए विद्युत प्रसारण लाइन जडान गरिएको छ । २०७८ माघ महिनामा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईनसंग जोडिएको बाजुरा विगत ३ वर्ष यता ११ केभिए क्षमताको विद्युत प्रसारण गरेर सेवा दिई रहेको थियो ।