बाजुरा– बाजुरामा बसको ठक्करबाट बालकको मृत्यू भएको छ । मृत्यु हुनेमा बुढीगंगा नगरपालिका-८ बस्ने कुल ल्वारका ४ वर्षीय छोरा निशु ल्वार रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार विहिबार दिउसो सदरमुकाम मार्तडीबाट महेन्द्रनगर जादै गरेको सु प प्र ०१-००१-१०२० नम्बरको बसले साँफे मार्तडी राजमार्ग अन्तरगत बेतालमाण्डाैमा बालकलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको बताए ।
मार्तडीबाट महेन्द्रनगर तर्फ गइरहेको बसले सडकमा बाटो काट्ने क्रममा बसले हानेर बिहीबार दिउँसो ३ः३० बजे मृत्यु भएको प्रहरी नायव उपरिक्षक गिरीले बताएका छन् । घटनापछि बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।