बुधबार, चैत्र १९, २०८१
  • होमपेज
  • समाज
  • बृद्ध बज्यैको साहारामा दुई नानीबाबु, साहाराका लागि बज्यैको गुहार

बृद्ध बज्यैको साहारामा दुई नानीबाबु, साहाराका लागि बज्यैको गुहार

  • बिहिबार, माघ १०, २०८१
बृद्ध बज्यैको साहारामा दुई नानीबाबु, साहाराका लागि बज्यैको गुहार

बाजुरा– बुढीनन्दा नगरपालिका वडा न ३ सिराडीका ९ बर्षिया बिनिता ल्वार र ७ बर्षिय आकाश ल्वार साहाराको खोजीमा छन् । दुई भाईबहिनीका बुवा दत्त ल्वार ७ बर्ष पहिला भिरबाट लडेर मृत्यु भएको र आमा बिस्ना ल्वारले ४ बर्ष पहिला अर्को बिहे गरी गएपछि उनिहरु साहारा बिहिन भएका हुन । श्रीमानको मृत्युपछि आमाले अर्कै बिहे गरेपछी बिनिता र आकाश ७३ बर्षिया बज्यैको बृद्धभत्ताको साहारामा छन ।

बिनिता र आकाश हाल बुढि बज्यैको साहारामा रहेको स्थानिय अगुवा धनलाल चदाराले बताए । दुबै भाईबहिनी पढाईमा राम्रो छन तर उनि कहिले कापी नपाएर बिध्यालय नजाने कहिले कलम नभएर बिध्यालय नजाने भएपछि उनको भबिस्य बिग्रीने अवस्था रहेको स्थानिय धनलाल चदाराले चिन्ता ब्यक्त गरे । बिनिता र आकाश हाल घरमा एक्ली बुढि बज्यैको साहारामा छन । बज्यैको उमेर ढल्किदै गएपछी उनको पठनपाठन त टाढाको कुरा भयो के खाने भन्ने छिमेकीहरुले चिन्ता ब्यक्त गर्ने गरेका छन ।

बुवाको मृत्यु भयो र आमाले पनि उनलाई छोडेर अर्कैसंग बिबाह गरेर गएपछी दुबै भाईबहिनी साहारा बिहीन बनेको स्थानियले बताएका छन । हाल उनि बुढि बज्यैको साहारामा रहेका भए पनि आर्थिक श्रोत नुहदा पठन पाठन देखी खान बस्न समस्या रहेको स्थानियले बताए । पारीवारीक अवस्था कमजोर भएका कारण उनले बिद्यालय समेत जान नसक्ने अबस्था रहेको स्थानिय धनलाल चदाराको भनाई रहेको छ । सहारा दिने अभिभावक र सहयोग गर्ने आफन्त नहुँदा दुबै भाईबहिनी बिचल्लीमा छन् ।

साहाराको रुपमा बज्यै रहेकी छन बज्यैको बृद्धभत्ताले हालसम्म उनिहरुको गुजार चलिरहेको ७३ बर्षिया बज्यै जलु ल्वारले बताईन । जेठी नातिनी बिनिता ल्वार ९ बर्षकी भईन उनि कक्षा ३ मा पढ्छीन र अर्को नाती आकाश ७ बर्षको भए उनि कक्षा १ मा गाउँकै बिध्यालयमा पढ्छन । उनिहरुलाई पढाउने चिन्ता एकातिर छ भने उनको लालन पालन कसरी गर्ने चिन्ता लागेको जलु ल्वारले बताईन । हामी दलित उसै पनि गरिव छौ अर्काको घरबाट मागेर खानुपर्ने अबस्था रहेको छ यि नाति नातिनीलाई कसरी पढाउने कसरी लालनपालन गर्ने उनले भनिन् ।

चर्चामा

सम्बन्धित समाचार