
राज्यले प्रदान गरेको सार्वजनिक यातायातमा सहुलियत सुविधा सार्वजनिक यातायात सञ्चालकले शनिबार, राती, सार्वजनिक बिदा तथा विभिन्न अवसरका दिन छुट अनेरास्वबियूले माग गरेकाे छ। विद्यार्थीलाई सार्वजनिक यातायात यात्रामा दिइने छुट तथा सहुलियत सम्बन्धी कार्यविधि नै निर्माण गरि विद्यार्थी आन्दोलनबाट प्राप्त यस प्रकारका उपलब्धिलाई संरक्षण गर्नु राज्यको दायित्व रहेकाेले यसबाट अनेरास्वबियु पछि नहट्ने जनाएकाे छ ।
अनेरास्ववियुका तत्कालीन अध्यक्ष स्व. रवीन्द्र अधिकारीको नेतृत्वमा विद्यार्थी परिचय पत्रको आधारमा विद्यार्थीलाई सार्वजनिक यातायातमा ५० प्रतिशत सहुलियत माग गर्दै आन्दोलन भएको र साे नियम निरन्तर हुनुपर्ने माग राखेकाे छ ।
अखिलको इतिहास, अग्रजको रगत, पसिना र विवेकको अवमूल्यन कसैले गर्छ प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्न आनाकानी गर्छ भने अखिल आफैले अनुगमन गरेर त्यसप्रकारका गैरजिम्मेवार सार्वजनिक यातायात सञ्चालक हरुलाई कानुनी राज्यको पाठ सिकाउन पछि नहट्ने जानकारी अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज धर्मराज तिमिल्सीनाले बताएका छन ।
वि.सं. २०५९ सालमा तत्कालीन सरकारको मध्यस्थतामा यातायात व्यवसायी र विद्यार्थी सङ्गठनबिचमा म्याद कायम रहेको विद्यार्थी परिचय पत्रको आधारमा विद्यार्थीलाई सार्वजनिक सवारी साधनको भाडामा ३३ प्रतिशत छुट दिने सहमति भएको थियो ।
स्व.रवीन्द्र अधिकारीको सक्रियतामा भएको विद्यार्थी सङ्गठनको लगातारको आन्दोलन पश्चात वि.सं. २०६५ सालमा सरकारले विद्यार्थीलाई गाडी भाडामा ४५ प्रतिशत छुट दिने निर्णय गरेको कुरा सार्वजनिक यातायात सञ्चालक हरुलाई स्मरण गराउन चाहेको इन्चार्ज धर्मराज तिमिल्सीना बताउछन् ।
सार्वजनिक यातायात सञ्चालकहरुलाई भाडामा सहुलियत दिनुपर्ने उल्लेखित वर्गलाई सहुलियत दिँदा निश्चित रुट, कोटा संख्या, दिन र समय नतोकी यस व्यवस्थाको पूर्ण रूपमा परिपालना गर्न र सहुलियत पाउने विद्यार्थी लगायत अन्यवर्गले पनि आफ्नो सक्कल परिचयपत्र देखाई सहुलियत लिन अनुरोध गरेको समेत गरेको छ ।

