
बाजुरा—बाजुराको खप्तड छेडेदह गाउँपालिकामा गाउँसभाको १६औं हिउँदे अधिवेशन मंगलवारका लागि आव्हान गरिएको छ । गाउँपालिकाले सोमवार एक सूचना जारी गर्दै गाउँसभाको १६ औं अधिवेशन भोली अर्थात मंगलवारका लागि बोलाइएको जनाएको छ ।
गाउँपालिकामा पुष १७ गते बसेको कार्यपालिकाको बैठकको निर्णय बमोजिम भोलिका लागि अधिवेशन बोलाइएको गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताएका छन् । उनका अनुसार गाउँसभाको अधिवेशन मंगलवार दिउँसो १२ बजे गाउँपालिकामा हुने भएको छ ।

