बाजुरा—बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ९ जुवापानी बस्ने ३५ बर्षका कृष्ण बहादुर सिंहको उपचारमा आर्थिक अभाव भएको छ । लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट ग्रसित सिंह २ बर्षदेखि उपचार गरी रहेका छन् । उनको अहिले मनमोहन कार्डियो भास्कुलर अस्पतालमा उपचार भइरहेको छ ।
मुटु सम्बन्धी समस्या खेपिरहेका सिंहले अहिलेसम्म उपचार गर्न लाखौं रुपैयाँ खर्च गरी सकेका छन भने अझै ठूलो रकम उपचारमा लाग्ने भएपछि समस्यामा परेका छन् ।
१५ बर्षकै उमेरमा मुटुमा समस्या भएपनि समयमै जानकारी नभएर उपचार नगर्दा अहिले उनी जटिल समस्यामा परेका छन् । उनको उपचारमा धैरै पैसा खर्च भइसकेको भन्दै अस्पतालले अझै धेरै पैसा लाग्ने भनेपछि आर्थिक अभावका कारण समस्या भएको आफन्तहरुले बताएका छन् ।
घरको आर्थिक अवस्था कमजोर हुँदा उपचार गर्न समस्या भएको भन्दै अहिले आफन्तहरुले सहयोगका लागि सबैलाई अनुरोध गरेका छन् । सबैको साना सानो सहयोगले कृष्ण नयाँ जीवन पाउने आश गर्दै सहयोगका लागि अनुरोध गरेका छन् । उनको उपचारमा थोरै भएपनि उनलाइ तपशिलको खातामा थोरै भएपनि सहयोगका लागि अनुरोध गरेका छन् । Name :-KRISNA BAHADUR SINGH AC Number :-00112100751231000001 Bank Number :-Mahalaxmi bikas Bank Ltd. Phone pay:-9865899717 थप जानकारीका लागि स्वयम बिरामी कृष्ण बहादुर सिंहलाइ 9865899717 यो नम्बरमा फोन गर्न सक्नुहुनेछ ।