शुक्रबार, फाल्गुन २३, २०८१
  • होमपेज
  • बजार
  • सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

  • आइतवार, माघ ६, २०८१
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला आठ सय रुपैयाँले घटेको हो ।

गत शुक्रबार प्रतितोला एक लाख ५७ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५७ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला एक हजार आठ सय ६० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ९० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस अमेरिकी डलर १६ दशमलव २५ ले घटेर दुई हजार सात सय तीन दशमलव दुई कायम भएको छ ।

चर्चामा

सम्बन्धित समाचार