बाजुरा– बडिमालिका ७ की वडा सदस्य पार्वती जाेशीले रक्तदान गरेर बिरामीको ज्यान जोगिएको छ । शरीरमा रगतको मात्रा कम भएर जिल्ला अस्पतालमा छट्पटाई रहेकी बुढीगंगा नगरपालिकाकी बिरामी धर्मा पाध्यायका लागि रक्तदान गरेकी हुन ।
बुढीगगा नगरपालिकाकी पाध्यायलाई ए पाेजेटिभ रगत आबस्यक थियो रगत चढाउनु पर्ने चिकित्सकको सल्लाह पछि बिरामीका आफन्तहरू बुधबार बिहान देखी रक्त दाताको खोजीमा थिए ।
जिल्ला अस्पताल बाजुरा र नेपाल रेडक्रस सोसाइटीमा ब्लड बैक नहुदा यस्तो समस्या भएको हो । रेडक्रस सोसाइटिले ब्लड बैंक स्थापना गर्नलाइ डि फ्रिज समेत ल्याए, तर सञ्चालनमा ल्याउन सकेका छैनन् ।
अस्पतालमा ब्लोड बैङ्क नभएकाले आबश्यक परेका बेला सुत्केरी र बिरामी रगत नपाउने भएकाले समस्या भएको छ । रगत नपाएर उपचारमा समस्या र अन्यत्र लिनुपर्ने सास्ति भोग्नु पर्ने कारण भएकाले जिल्लामा ब्लोड बैङ्कको स्थापना हुनु पर्ने स्थानियले बताएका छन् ।