• होमपेज
  • राजनीति
  • विपक्षी दलको बैठकमा प्रचण्डले भने- सरकार मध्यावधिमा जाने लाइनमा छ

विपक्षी दलको बैठकमा प्रचण्डले भने- सरकार मध्यावधिमा जाने लाइनमा छ

  • बुधबार, माघ २, २०८१
विपक्षी दलको बैठकमा प्रचण्डले भने- सरकार मध्यावधिमा जाने लाइनमा छ

काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार मध्यावधि निर्वाचनमा जाने तयारीमा रहेको ब्रिफिङ गरेका छन् ।

बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा प्रचण्डले मध्यावधिमै जाने तयारीस्वरुप अहिले विभिन्न अध्यादेश जारी भएको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ०८७ मा मात्रै संविधान संशोधन हुने अभिव्यक्ति दिएपछि सत्तारुढ कांग्रेसभित्र पनि असन्तुष्टि बढ्दै गएको ब्रिफिङको क्रममा भनेका छन् ।

‘सरकार अहिले ०८७ मा मात्रै हुन्छ भनेर केपी जीले भन्नुभयो । कांग्रेसभित्र अन्तरविरोध देखिइरहेको छ,’ प्रचण्डले विपक्षी दलको बैठकमा भनेका छन्, ‘यो सन्दर्भमा सरकारको मूल नेतृत्व मध्यावधिमा जाने लाइनमा छ । सरकार यसैमा अग्रसर छ ।’

बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले आफूहरू सरकारका गतिविधि नियालिरहेको र अब हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने निष्कर्षमा पुगेको सुनाए ।

‘सरकारको भूमिका हामीले हेरिरहेका छौं । अब हस्तक्षेपकारी भूमिका निर्वाह गर्न पर्ने बेला भइसक्यो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले अनलाइनखबरसँग भने ।

उनले मध्यावधिको बारेमा अन्य धेरै कुरा चाहिँ व्याख्या गरेनन् । ‘कहाँ कहाँ भन्ने चाहीँ व्याख्या गरेनन् । त्यसैको सेरोफेरोमा यो अध्यादेश ल्याइएको हो । समयमै संसद् नबोलाएर अध्यादेश ल्याउनुको कारण पनि यही हो ।’

चर्चामा

सम्बन्धित समाचार