बाजुरा —बाजुरामा भीरबाट लडेर गम्भिर घाइते भएकी बालिकाको मृत्यु भएको छ । शनिवार भीरबाट लडेर घाइते भएकी गौमुल गाउँपालिका वडा नम्बर ५ कोटकी १६ वर्षीया विष्णुमाया रोकायाको उपचारका क्रममा घट्मुना आधारभूत अस्पतालमा मृत्यु भएको हो ।
शनिवार विहान कैलाश आधारभूत विद्यालय नजिकै भिरबाट लडेर गम्भीर घाईते बालिकालाई सोही दिन उपचारका लागि आफन्तले घट्मुना आधारभूत अस्पतालमा ल्याएका थिए । उनको टाउँकोमा चोट लागेको नाक, कानबाट रगत बगिरहेको र बारम्बार वान्ता गरिरहेकी थिइन् ।
शरीरमा गम्भीर चोट लागेकाले यहाँ उपचार सम्भव नहुने भन्दै शनिबार नै अस्पतालले थप उपचारका लागि बाहिर रिफर गरेपनि परिवारकाे आर्थिक अवस्था कमजाेर हुँदा उपचार नपाएर उनले ज्यान गुमाउनु परेकाे जनाइएकाे छ ।