• होमपेज
  • बुढीगंगा
  • जिल्ला प्रहरी कार्यालयद्वारा बुढीगंगामा नागरिक सुनुवाई कार्यक्रम

जिल्ला प्रहरी कार्यालयद्वारा बुढीगंगामा नागरिक सुनुवाई कार्यक्रम

  • सोमवार, पुस २९, २०८१
जिल्ला प्रहरी कार्यालयद्वारा बुढीगंगामा नागरिक सुनुवाई कार्यक्रम

बाजुरा—  जिल्ला प्रहरी कार्यालय बाजुराले बुढीगंगा नगरपालिकामा नागरिक सुनुवाई कार्यक्रम गरेकाे छ । आइतवार जिल्ला प्रहरी कार्यालयको आयोजनामा नगरपालिका क्षेत्रमा रहेका जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी चौकी र अस्थायी प्रहरी चौकीले गरेको कामको विवरण र शान्ति सुरक्षामा लयागतका विषयमा जानकारी गराउने उदेश्यका साथ सुनुवाई कार्यक्रम गरिएको हो ।

नागरिक सुनुवाई कार्यक्रममा जिल्ला प्रहरीले दिदै आएको सेवाको जानकारी, प्रहरीसंग नागरिकको सहज पहुँच, पारदर्शिता,अन्तरक्रिया, राय सुझाव संकलन र जनगुनासो सुनुवाई कार्य गर्दै आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दिलीपकुमार गिरीले बताएका छन् । नागरिक सुनुवाई कार्यक्रममा प्रहरी नायव उपरिक्षक गिरीले सहजीकरण गरेको कार्यक्रममा जिल्लामा भएका घटना,अपराध,लागु औषध लगायतका विषयमा जानकारी गराएका थिए ।

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँ प्रमुख अतिथी रहेका थिए । नागरिक सुनुवाई कार्यक्रममा नगर उप प्रमुख माया खड्का(कुँवर) विशिष्ट अतिथी रहेकी थिइन् । कार्यक्रममा १० वटै वडाका वडा अध्यक्ष,कार्यपालिका सदस्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ, शिक्षक विद्यार्थी लगायत सहभागी थिए ।

चर्चामा

सम्बन्धित समाचार