• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका सरोकारवालालाई लैङ्गिक हिंसा विरुद्ध अभिमुखिकरण कार्यक्रम

बाजुराका सरोकारवालालाई लैङ्गिक हिंसा विरुद्ध अभिमुखिकरण कार्यक्रम

  • बिहिबार, पुस २५, २०८१
बाजुराका सरोकारवालालाई लैङ्गिक हिंसा विरुद्ध अभिमुखिकरण कार्यक्रम

बाजुरा—बाजुरा जिल्लाका सरोकारवालाहरुलाई लैङ्गिक हिंसा विरुद्ध अभिमुखिकरण कार्यक्रम गरिएको छ । जिल्लामा हाल लैङ्गिक हिंसाको अवस्था र न्युनिकरणका बिषयमा सरोकारवालाहरुलाई अभिमुखिकरण दिइएको हो ।

बिहिवार सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय महिला समुत्थान परियोजनाको आयोजनामा सदरमुकाम मार्तडीमा जिल्लाका सरोकारवालाहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लामा लैङ्गिक हिंसाका घटना हुनै नदिने र यद्यपि भइहालेमा यस्ता घटनाहरु न्युनिकरण गर्दै पिडित र पिडकलाई न्यायोचित रुपमा न्याय दिने उदेश्यका साथ सरोकारवालाहरुलाई अभिमुखिकरण दिइएको जनाएको छ । कार्यक्रममा उक्त परियोजनाले जिल्लामा लैङ्गिक हिंसाको अवस्था, पिडितहरुले न्याय पाए नपाएको अवस्था तथा यस सम्बन्धि परेका उजुरीहरुको बारेमा छलफल गरिएको छ ।

अभिमुखिकरण कार्यक्रममा छलफलका क्रममा सहभागीहरुले जिल्लामा पितृसत्तात्मक सोच, मादक पदार्थ सेवन, सामाजिक सञ्जालको दुरुपयोग, आर्थिक परनिर्भता, लागू औषध दुर्व्यसनी, लक्ष्यमा असफल लगायतका कारणले लैङ्गिक हिंसाका घटनामा वृद्धि भइरहेको भन्दै न्युनिकरणमा सबेले जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा जिल्लामा लैङ्गिक हिंसा तथा आत्महत्याको वास्तविक अवस्था र तथ्यांक बारेमा महिला समुत्थान परियोजनाका प्रतिनिधिहरुले प्रशिक्षण गरेका थिए । त्यस्तै लैङ्गिक हिंसा गर्ने र गराउने व्यक्तिलाई हुने कानुनी व्यवस्थाको बिषयमा अधिवक्ता हर्क खडायतले प्रशिक्षण गरेका थिए ।

कार्यक्रममा महिला समुत्थान परियोजनाका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, प्रहरी कार्यालयका प्रतिनिधि, बालक्लव प्रतिनिधि पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार