बाजुरा —नेकपा (एमाले)का स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले पार्टी, देश र जनताको हितमा केन्द्रित हुनका लागि आग्रह गरेका छन्।
गत मङ्गलबार सकिएको केन्द्रीय कमिटी बैठकमा उक्त विषय राख्न नपाएको उल्लेख गर्दै उनले यसबारे फेसबूकमा भनेका छन्, ‘सबै प्रकारका आग्रह र लोभबाट मुक्त भएर पार्टी, देश र जनताको हितलाई केन्द्रमा राखेर समयमै सोचौँ, बोलौँ।’
नेता थापाले एमालेमा लोकतान्त्रिक अभ्यास, न्यायमा आधारित बलियो र वास्तविक एकता हुनुपर्ने बताएका छन्।
उनले यसअघि पनि पार्टीभित्र बोल्न दिइनुपर्ने बताएका थिए। केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा डा. भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथिको भएको कारबाहीको विषय उधिँन्दै उनले नेताहरूले पार्टीभित्र बोल्न पाउनुपर्ने बताउँदै आएका छन् ।