फरार प्रतिवादी पक्राउ

  • सोमवार, पुस २२, २०८१
फरार प्रतिवादी पक्राउ

बाजुरा– जिल्ला प्रहरी कार्यालय बाजुराले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बाजुरा जिल्ला अदालतले चोरी मुद्धामा एक महिना ६ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी बडीमालिका नगरपालिका-८ का ३७ वर्षीय बिरबहादुर अयडीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
फैसला कार्यान्वयनका सिलसिलामा बाजुरा जिल्ला अदालतले चोरी मुद्धामा फरार रहेका अयडीलाई आफ्नै घरबाट पक्राउ गरेको प्रहरी निरिक्षक तथा सूचना अधिकारी जनक बहादुर बोहराले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार गत साउन १६ गते चोरी मुद्धामा बाजुरा अदालतले कैद भुक्तानको फैसला गरेपछि फरार रहेका अयडीलाई प्रहरी निरिक्षक देव चौधरीको कमाण्डको टोलीले आइतबार दिउसो पक्राउ गरेको प्रहरी निरिक्षक बोहराले बताए ।

चर्चामा

सम्बन्धित समाचार