• होमपेज
  • राजनीति
  • प्रहरीले मुद्दा चलाउन सिफारिस गरेकी कांग्रेस सांसद माया राईलाई उन्मुक्ति

प्रहरीले मुद्दा चलाउन सिफारिस गरेकी कांग्रेस सांसद माया राईलाई उन्मुक्ति

  • सोमवार, पुस २२, २०८१
प्रहरीले मुद्दा चलाउन सिफारिस गरेकी कांग्रेस सांसद माया राईलाई उन्मुक्ति

कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएका सांसदलाई जिल्ला सरकारी वकिल कार्यालयबाट उन्मुक्ति दिइएको छ । दुई महिना लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद माया राई समेतका व्यक्तिलाई मुद्दा चलाउन सिफारिस गरेको थियो । उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको थियो ।

राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा समेत कार्यरत थिइन् । पक्राउ पुर्जी जारी भएकी र प्रहरी अनुसन्धानको क्रममा समेत प्रत्यक्ष संलग्नता देखिएकी राईलाई भने उन्मुक्ति दिइएको छ । राई समेत पाँच जनालाई उन्मुक्ति दिँदै आइतबार ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राई समेतका व्यक्तिले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

तर सञ्चालक समितिमै रहकी राईलाई भने उन्मुक्ति दिएर अन्यलाई मुद्दा चलाइएको छ । राई आर्थिक वर्ष २०७३÷७४ मा स्वर्णलक्ष्मी सहकारीको सञ्चचालक समिति सदस्य थिइन् । आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा भने उनी स्वर्णलक्ष्मी सहकारीको सहसचिव समेत बनेकी थिइन् । उनी जनजाती कोटाबाट नोपली कांग्रेसको केन्द्रीय सदस्य छिन् । पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेकी उनी समानुपातिक सांसद हुन् । सत्ताको मुख्य घटन कांग्रेसकी सांसद राईलाई उन्मुक्ति दिएर मुद्दा दायर भएको छ । यसबारे जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं भने वतन यकिन नभएको प्रतिवादी नबनाइएको दाबी गरेको छ ।

त्यसैगरी राई सहसचिव रहेकै समयमा नियम तथा मापदण्ड विपरीत प्राकृतिक व्यक्ति बाहेकका संस्थाहरुलाई ऋण दिएर रकम अचलन गरिएको खुलेको छ । त्यतिबेला १३ वटा संस्थामा रकम लगेर अपचलन गरिएको थियो । यही समयमा हर्बो इन्टरनेशनल प्रालिमा १० करो २७ लाख ९४ हजार ५२२ रुपैयाँ लगेर अपचलन गरिएको थियो ।

सुपर सिटी इन्टरप्राइजेज प्रालिमा ७३ लाख ८ हजार १६४, न्यू सुलक्स अफसेट प्रिन्टर प्रालिमा ४३ लाख १५ हजार २८५, सिद्धार्थ विद्या सदन हाई स्कुलमा ७ लाख ३ हजार २९७, सारेगम रेकर्ड प्रालिमा १२ लाख १९ हजार ९६७, देव दीप एग्रिकल्चर एण्ड एनिमल फार्मममा २ करोड ६० लाख ७४ हजार ४४२, मन्दरा टुर एण्ड ट्राभ्लसमा १ करोड २ लाख ५४ हजार ८४८ रुपैयाँ लगेर अपचलन गरिएको थियो ।

त्यसैगरी होम प्रालिमा ७० लाख ७८ हजार ३०७, मन्दरा टुर्स एण्ड एक्सपेटेशनमा १ करोड २ लाख ५४ हजार ८४८, होम प्रालि प्यागोडासमा ७ लाख ७८ हजार ३०७, मन्दरा टुर्स एण्ड एक्सपेटेशन प्रालिमै १ करोड १५ लाख ८२ हजार ८८०, गोर्खा हर्बल प्रोडक्शनमा १करोड, बागमती बालुवाखानी प्रालिमा ५८ लाख २ हजार ४०८, एनबी मार्टमा ९२ हजार र गोर्खा ग्रुप अफ कम्पनीमा २२ लाख ९९ हजार ९९९ रुपैयाँ लगेर अपचलन गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार