• होमपेज
  • समाज
  • खप्तड छेडेदह ४ मा धार्मिक महायज्ञ लाग्दै

खप्तड छेडेदह ४ मा धार्मिक महायज्ञ लाग्दै

  • शनिबार, पुस २०, २०८१
खप्तड छेडेदह ४ मा धार्मिक महायज्ञ लाग्दै

बाजुरा– बाजुराको खप्तड छेडेदह गाउँपालिका ४ मा जिउलेखी मष्टा ज्ञान विज्ञान धार्मिक महायज्ञ लाग्ने भएको छ । खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ४ मा रहेको खापरदेवस्थली माध्यमिक विद्यालयको आयोजनामा माघ १७ गतेदेखि २४ गतेसम्म जिउलेखी मष्टा ज्ञान विज्ञान धार्मिक महायज्ञ लाग्ने भएको हो ।

जिउलेखी मष्टा ज्ञान विज्ञान धार्मिक महायज्ञ २०८१ मूल समारोह समितिका अनुसार खापरदेवस्थली माविको सर्वाङ्गीण विकास र जिउलेखी मष्टाको विकास तथा प्रचारप्रसारका लागि पहिलोपटक महायज्ञ लाग्ने जनाएको छ । विद्यालयसँगै सोहि ठाउँमा रहेको जिउलेखी मष्टा मन्दिरको संरक्षण सम्वद्र्धन तथा विकासमा टेवा पुग्ने विश्वासका साथ धार्मिक महायज्ञको आयोजना गरिएको समितिले जानकारी दिएको छ ।

उक्त महायज्ञमा प्रवचन भक्तियोग फाउण्डेशन नेपालका संस्थापक अन्तराष्ट्रिय भागवत भूषण वाचन शिरोमणि पुज्य सञ्जेल जी महाराजले गर्ने भएका छन् । महायज्ञ प्रचारप्रसार समितीका राजेश सुनारले विद्यालय तथा मन्दिरको सर्वाङ्गीण विकासका लागि विद्यालयले गरेको प्रयासलाई सफल पार्न सबैले सहयोग गरिदिन आग्रह गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार