• होमपेज
  • समाज
  • बाजुरामा सवारी साधन चेकजाँचमा कडाइ गर्दै प्रहरी

बाजुरामा सवारी साधन चेकजाँचमा कडाइ गर्दै प्रहरी

  • बिहिबार, पुस १८, २०८१
बाजुरामा सवारी साधन चेकजाँचमा कडाइ गर्दै प्रहरी

बाजुरा—जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लामा सञ्चालन हुर्दै आएका सवारी साधन चेकजाँचमा कडाइ गरेको छ । जिल्लाभित्र र बाहिर चल्दै आएका सवारी साधनहरुले मापदण्ड विपरित गतिविधि गरेको भन्दै चेकजाँचमा कडाइ गरिएको हो ।

सवारी साधन चेकजाँचका क्रममा गाडीमा मापदण्ड विपरित सिट संख्या थपेर यात्रु राख्ने, अनाश्यक कोटेसन, ठूला लाइट लगाउने लगायतका गतिविधि देखिएको भन्दै चेकजाँचमा कडाइ गरिएको जनाएको छ । त्यस्तै सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यका साथ त्यस्ता मापदण्ड विपरित सञ्चालन भइरहेका सवारीमाथि कानुनी कारवाही अभियान थालिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी दिलीपकुमार गिरीले सवारी साधानमा आश्वयकता भन्दा बढी सिट थपेर यात्रु राख्ने, अनावश्यक स्टिकर, कोटेसन राख्ने लगायतका गतिविधि पछि चेकजाँचमा कडाइ गरिएको बताएका छन् । उनका अनुसार बिहिवार सदरमुकाम मार्तडीमा मापदण्ड विपरित सञ्चालन भइरहेका १२ वटा जीप माथि कारवाही गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार