शुक्रबार, पुस १९, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणी नगरपालिकामा मदिरा बिक्री गर्न ईजाजत पत्र अनिवार्य

त्रिवेणी नगरपालिकामा मदिरा बिक्री गर्न ईजाजत पत्र अनिवार्य

  • मङ्लबार, पुस १६, २०८१
त्रिवेणी नगरपालिकामा मदिरा बिक्री गर्न ईजाजत पत्र अनिवार्य

बाजुरा– बाजुराको त्रिवेणी नगरपालिकाले मदिरा बिक्री गर्न ईजाजत पत्र अनिवार्य गरेको छ । मंगलवार नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकाको क्षेत्राधिकार भित्र मदिरा बिक्री गर्न चाहनेहरुका लागि अनिवार्य ईजाजत पत्र लिनुपर्ने व्यवस्था गरेको छ ।
नगरपालिकाले मदिरा बिक्री व्यवस्थापन तथा नियमन कार्यबिधि २०८१ बमोजिम मदिरा बिक्री गर्न चाहने व्यवसायीहरुले आवश्यक कागजात सहित नगरपालिकामा सुचिकृत हुन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकेत चिरन्जीवी प्रसाद शाहले बताएका छन् ।
त्यस्तै सोहि ऐन बमोजिम तोकिएको शुल्क तिरेर सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र पालिकामा सुचिकृत भई इजाजत पत्र लिन सबैलाई अनुरोध गरेको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार