बाजुरा —नेपाल राहत शिक्षक जिल्ला कार्य समितिको छैटौं जिल्ला अधिवेशनबाट सर्वसम्वत रुपमा नयाँ कार्य समिति चयन भएको छ ।शनिबार भएको छैटौं जिल्ला अधिवेशनबाट मथुराज पण्डित अध्यक्ष रहने गरी १६ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको हो ।
जसमा खुला उपाध्यक्षमा परे नाथ,महिला उपाध्यषमा राधिका मल्ल,सचिव विजयराज पाध्याय निर्विरोध निर्वाचित भएका छन् । यस्तै समितिमा सहसचिव टिकाराम पण्डित,कोषाध्यक्ष यमुना बस्नेत र सह कोषाध्यक्ष महादेव पाध्याय चयन भएका छन् ।
छैटौं जिल्ला अधिवेशनबाट सर्वसम्मतबाट नेतृतव चयन गरेर एक पालिकाको एक शिक्षकको प्रतिनिधित्व हुने गरी जिल्ला कार्य समिति चयन गरिएको नवनिर्वाचित जिल्ला सचिव विजयराज पाध्यायले जानकारी दिएका छन् ।
नेपाल राहत शिक्षक जिल्ला कार्य समिति बाजुराको छैटौं जिल्ला अधिवेशनको समुद्घाटन त्रिवेणी नगरपालिकाका नगर प्रमुख तथा नेपाल शिक्षक महासंघका पुर्व केन्द्रीय सदस्य कर्णबहादुर थापाले गरेका थिए ।