• होमपेज
  • बडिमालिका
  • गिफ्ट नेपालको सामाजिक परिक्षण तथा समिक्षा कार्यक्रम सम्पन्न

गिफ्ट नेपालको सामाजिक परिक्षण तथा समिक्षा कार्यक्रम सम्पन्न

दिगो विकास लक्ष्य अनुसार काम गर्न समन्वय प्रमुख रोकायाको आग्रह

  • आइतवार, पुस ७, २०८१
गिफ्ट नेपालको सामाजिक परिक्षण तथा समिक्षा कार्यक्रम सम्पन्न

बाजुरा– गिफ्ट नेपालद्धारा संचालित परियोजनाहरुको सामाजिक परिक्षण तथा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । आइतबार बडिमालिका नगरपालिकाको हलमा संस्थाले संचालन गरेका बिभिन्न परियोजनाको सामाजिक परिक्षण तथा बार्षिक समिक्षा कार्यक्रमको आयोजना गरेको हो । गिफ्ट नेपाल गैर सरकारी संस्थाले आयोजना गरेको आर्थिक वर्ष ०८०/०८१ को वार्षिक समीक्षा तथा सामाजिक परिक्षण कार्यक्रममा बोल्ने बक्ता तथा सहभागीले संस्थाले गरेका हरेक गतिविधी असाथ्यै राम्रो भएको सुझाव समेत दिएका छन ।

जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले सरकारले लिएको दिगो विकास लक्ष्य अनुरुप गिफ्ट नेपाले काम गर्दै आएको र यसलाई निरन्तरता दिन आग्रह गरेका छन् । आइतबार गिफ्ट नेपाल गैर सरकारी संस्थाले आयोजना गरेको आर्थिक वर्ष ०८०/०८१ को वार्षिक समीक्षा तथा सामाजिक परिक्षण कार्यक्रममा समन्वय प्रमुख रोकायाले संस्थाले गरेका हरेक गतिविधी नागरिकले पाउने सेवा पाएको प्रति खुसी व्यक्त समेत गरेका छन् । संस्थाले गरेको प्रभावकारी कामप्रति सन्तुष्टी जनाउदै जिवीको पार्जन विपन्न वर्ग लक्षित कार्यक्रमले सफलता पाएको समन्वय प्रमुख रोकायाले धारणा राखेका छन् । उनले विद्यालय दिवा खाजा कार्यक्रमले लक्षित वर्ग कृषकहरुलाई आत्मनिर्भर बनाउने काम भएकाले यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् । जिल्लामा हुने उत्पादनलाई एक अर्का पालिकाबीच उत्पादन व्यवस्थापन र साटासाट हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । वस्तु विनिमयलाई साटासाट गर्दा एक अर्कामा समन्वयात्मक भूमिकाले सहयोग पुग्ने विश्वास गरेका छन । जिल्लामा संचालन भएका कुनै पनि गैर सरकारी संस्थाहरुले सरकारी निकायहरुसंग समन्वय गर्न जरुरी रहेको समन्वय प्रमुख रोकायाको भनाई रहेको छ । समन्वय हुँदा सरकारले लिएको बहुवर्षीय र दिर्घकालिन योजनामा टेवा पुग्ने समन्वय प्रमुखको भनाई रहेको छ ।

No description available.

त्यसै गरी कार्यक्रममा बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाले जिल्लाको सम्भावनालाई परिवर्तन गर्दै विकास निर्माणमा टेवा पुग्ने गरी काम गर्न आग्रह गरेका छन् । शैक्षिक सुधार गर्न दिवा खाजा कार्यक्रमले विद्यार्थीहरुलाई आकर्षित गरेको प्रति बानियाँले खुसी व्यक्त गरेका छन् । पालिकाको हितका लागि समन्वय र सहकार्य गर्न सधैं तयार रहेको उनले बताए । कार्यक्रम गर्दा परिणाममुखी भन्दा पनि उत्पादनमा जोड दिनुपर्ने बानियाको भनाई रहेको छ ।

समीक्षा तथा सामाजिक परिक्षण कार्यक्रममा बडीमालिकाकी नगर उप प्रमुख नन्दाकुमारी थापाले शिक्षा,स्वास्थ्य क्षेत्र केन्द्रीत कार्यक्रमले नागरिकले प्रतक्ष रुपमा सेवा पाएको बताएकी छन । उनले पालिका र संस्थाको जिम्मेवारी बहन गर्न समन्वय,सहकार्य र समझदारी गर्न नगरपालिका तयार रहेको बताईन् ।
गिफ्ट नेपालले संचालन गरेको सामाजिक परिक्षण अन्तरगत जलवायु उत्थाशिल कृषी कार्यक्रम अन्तरगत ग्रिफ पोजेक्ट तथा जिआईजेट को सहयोगमा संचालित कार्यक्रमबाट हिमाली स्वामिकार्तिक गाउँपालिका र बडिमालिका नगरपालिकामा काम गरेको र त्यहा पनि मल बिउ उत्पादनत तथा जलबायू अनुकुलनका कार्यक्रम संचालन गरेको गिफ्ट नेपालका कार्यक्रम अधिकृत कृष्ण अधिकारीले बताए । ३ पालिकामा राम्रो उपलब्धी रहेको सेवाग्रहीले बताएका छन ।

No description available.
त्यसै गरि सामाजिक स्वास्थ्य सेवा इकाई संचालन कार्यक्रम अन्तरगत बाजुराका १ हजार २२ जनाले सेवा लिएको तथ्याकं रहेको छ । जिल्ला अस्पताल बाजुरामा संचालन गरिएको सामाजिक स्वास्थ्य सेवा इकाई संचालन कार्यक्रम अन्तरगत गरिव तथा विपन्न वर्गहरुको स्वास्थ्य सेवामा सहज पहुँच पुर्‌याउने उदेस्यका साथ परियोजनाले काम गरेको जनाएको छ । सो परियोजनाबाट बाजुरा जिल्ला स्थित १ हजार २२ जना विरामी हरुलाई उपचारमा सहयोग भएको छ ।
औषधी उपचार, रिफर आदी केशहरुमा परियोजना मार्फत सहयोग हुने गरेको जनाईएको छ । सो परियोजना मार्फत २२ लाख बरावरको औषधी उपचार, इमरजन्सी र रेफरल केशमा यस वर्षको खर्च भएको जनाएको छ ।
जिल्ला अस्पताल बाजुरामा सामाजिक सेवा इकाई केन्द स्थापना भई कार्य संचालनमा रहेकोमा अति गरिव, दलित लाई उपचारमा सय प्रतिशत छुट, ८० वर्ष माथिको लाई सय प्रतिशत छुट, ८० ,७० देखि ८० वर्षको ७५ प्रतिशत छुट ,६० देखि ७० को लाई ५० प्रतिशत छुट गरेर स्वास्थ्य सेवा प्रवाह गर्ने गरिएको गिफ्ट नेपालले जनाएको छ ।

No description available.
सामुदायीक सशतmीकरण र बिकासका लागी स्थानीय पहल परियोजनाअन्तरगत लुथरन विश्व फेडेरेसन नेपालको सहयोगमा बडिमालिका नगरपालिका वडा नं. २,३,५ र ९ वडामा काम गर्दै आएको जनाईएको छ । समुदायका समस्याहरुको पहिचान गरी समाधानका लागि साझा पहल गर्नुका साथै समुदायका मानिसहरुलाई सरोकारवालाहरु संगको पंहुचमा वृद्धी गर्ने र समुदायका महिलाहरुको आयआर्जनमा बृद्धी गर्ने उदेस्यका साथ सो परियोजनाले काम गर्दै आएको छ ।
सो परियोजनाबाट बडिमालिका नगरपालिका वडा नं. २,३,५ र ९ मा १९ ओटा रुपान्तरणिय शिक्षा केन्द्रका ५०६ जना कृषकहरुको सहभागितामा ६ महिने रुपान्तरणिय कक्षा सम्पन्न गरी ४ वटा वडामा वडा स्तरिय नेटर्वक गठन गर्नुका साथै वडा स्तरिय नेटर्वकमा सरकारी र गैसरकारी संघ संस्थाहरुबाट उपलब्ध गराउने सेवा सुबिधाका बारेमा एक आपसमा जानकारी लिने दिने कार्य भैरहेको जनाएको छ । किसानहरुको करेसावारीमा आफ्‌नो लागी सिजन अनुसारको ताजा तरकारी उत्पादन गर्नुका साथै १० जना महिलाहरुले ३ महिने सिलाई कटाई तालिम पश्चात सिलाई कटाई ब्यवसाय गरि रहेको परियोजनाको सामाजिक परिक्षणमा उल्लेख गरिएको छ ।
२५ जना बिपन्न समुदायका साना ब्यसायीहरुले किराना पसल, बंंगुरपालन, बाख्रापालन, कुखुरा पालन, सिलाई कटाई र आरन लगायतका ब्यबासायमा जोडेर जिविको पार्जनका लागि सहयोग पुगेको परियोजनाले जनाएको छ । त्यस्तै सो परियोजनाले तिन ओटा टोलको जलवायु अनुकुलन कार्ययोजना तयार गरी कार्यान्वयनका लागि सरोकारवालाहरु संग पहल भएको उल्लेख गरेको छ ।

No description available.

स्थानिय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम अन्तर्गत जिल्लाका ९ वटै पालिका का २५० विद्यालयमा काम गरिरहेको गिफ्‌ट नेपालले जनाएको छ । बिश्व खाध्य कार्यक्रमको सहयोग तथा मर्सिकोर नेपालको प्राबिधीक सहयोगमा संचालित सो परियोजनाले आधारभूत तहका बालबालिकाहरुको भोक न्यूनीकरण, पोषण तथा स्वास्थ स्थितिमा सुधार गरी शैक्षिक स्तरमा अभिवृद्धि गर्ने दिर्घकालिन लक्ष्यका साथ कार्यन्वयन हुदै आएको कार्यक्रम जनाएको छ । बाजुरा जिल्लाका २ सय ५१ विद्यालयका कक्षा प्रारम्भीक बाल कक्षा देखि ८ कक्षा सम्म ३३ हजार ७ सय ४९ जना विद्यार्थीहरुले नियमित खाजासंग तरकारी खाईरहेका छन । त्यसै गरि १ सय २७ जना तरकारी र तथा दाल आपुर्तीकर्ताहरुले नियमित विद्यालयमा तरकारी सप्लाई गरिरहेका छन । सवै स्थानीय सरकारले यस कार्यक्रमलाई स्थानिय उत्पादनमा जोड्‌ने कार्यलाई प्राथमिकताका साथ लागु गरिरहेको जनाएको छ । विभिन्न पालिका स्तरमा कृषी क्षेत्रमा आबद्ध ४० जना अगुवा कृषक उत्पादन गरि सामाजिक पुजीको रुपमा स्थापना गरिनुका साथै २६ हजार किसानहरुले प्रत्यक्ष यस कार्यक्रमबाट लाभ लिएका  छन ।

No description available.

सो परियोजनाबाट यस वर्षमा २,०८,५७,३९३० बरावरको रकम किसानको हातमा तरकारी र दालको रकम प्राप्त गरेको जनाएको छ छन । त्यसै गरि १ सय ८८ मेट्रिक टन तरकारी र दाल ४० मेटिक टन दाल यस वर्षको अन्तरालमा उत्पादन भई विक्रि भएको जनाएको छ । सो परियोजना जिल्लामा संचालन पश्चात स्थानीय उत्पादनलार्ई मध्येनजर गरि किसानको हातमा नगद पैसा पुग्नुका साथै कृषक व्यवसायी वन्न उत्प्रेरित भएका छन । स्थानीय स्तरमा उत्पादनको बजार सुनिश्चत गर्ने कार्य भईरहेको छ भने वडा स्तर सम्म सम्र्पक समन्वयका लागि संरचना निर्माण भई कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्ने अभ्यास हुनुका साथै यस कार्यक्रममा निरन्तर स्थानीय सरकारसंग निकटतम भएर कार्यक्रम भएको परियोजनाले जनाएको छ ।
वार्षिक समिक्षा कार्यक्रममा गौमुल गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष देवबहादुर रोकाया,कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसीराम सहानी,मालिका माविका प्रधानाध्यापक शुभराज पाध्याय र नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेमबहादुर रौलेले मन्तव्य राखेका थिए ।
गिफ्ट नेपालका सचिव खडक रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँ,उप प्रमुख माया कुँवर,बडीमालिका नगरपालिकाकी उप प्रमुख नन्दा कुमारी थापा लगायत विशिष्ट अतिथी रहेका थिए । संस्थाका कोषाध्यक्ष गोरख बोहराले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सामाजिक परिक्षण सहजकर्ता लक्ष्मीराज पाध्यायले गरेका थिए । कार्यक्रममा सेवा क्षेत्रका जनप्रतिनिधी,प्रधानाध्यापक कृषक सहकारी लयागत सहभागी थिए ।

चर्चामा

सम्बन्धित समाचार