• होमपेज
  • राजनीति
  • रास्वपा सभापति लामिछानेविरुद्ध तीन कसूरमा मुद्दा दर्ता, सम्पत्ति शुद्धीकरणमा २८ करोड बिगो दावी

रास्वपा सभापति लामिछानेविरुद्ध तीन कसूरमा मुद्दा दर्ता, सम्पत्ति शुद्धीकरणमा २८ करोड बिगो दावी

  • आइतवार, पुस ७, २०८१
रास्वपा सभापति लामिछानेविरुद्ध तीन कसूरमा मुद्दा दर्ता, सम्पत्ति शुद्धीकरणमा २८ करोड बिगो दावी

पोखरा —पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध तीनवटा बेग्लाबेग्लै कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएको हो ।

रविविरुद्ध सम्पत्ति शुद्धिकरणको कसूरमा २७ करोड ८९ लाख ४ हजार रुपैया बिगो दावीसहित मुद्दा दर्ता भएको सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्तिदेवी शर्माले जानकारी दिइन् ।

३ वटै कसुरमा अभियोग दर्ता भएको रविविरुद्ध सम्पत्ति शुद्धीकरणमा मात्र २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो राखिएको छ ।

यसअघि शुक्रबार थप ४० करोड २० लाख ७६ हजार १४९ रुपैयाँ बिगोसहित १९ जनाविरुद्ध अभियोग दर्ता भएको थियो ।कुल बिगो १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ बिगो पुगेको छ । सोही विगोमा नै थप ४४ विरुद्ध अभियोग पत्र दर्ता गराएको हो ।

साथै पूर्वडीआइजी छविलाल जोशी, जिबीका साझेदार रामप्रसाद खनाल र कर्मचारी लीला पछाईविरुद्ध पनि सम्पत्ति शुद्धीकरणसहित सहकारी ठगी र संगठित अपराधको कसुर अभियोग पत्र दर्ता भएको छ ।

१९ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधको अभियोग दर्ता हुँदा अन्यका हकमा सहकारी ठगीको अभियोग दर्ता भएको छ ।

चर्चामा

सम्बन्धित समाचार