• होमपेज
  • बडिमालिका
  • पत्रकार महासंघ बाजुरा सहित १८ कार्यालयकाे विद्युत लाइन काट्दै प्राधिकरण

पत्रकार महासंघ बाजुरा सहित १८ कार्यालयकाे विद्युत लाइन काट्दै प्राधिकरण

  • शुक्रबार, पुस ५, २०८१
पत्रकार महासंघ बाजुरा सहित १८  कार्यालयकाे विद्युत लाइन काट्दै  प्राधिकरण

बाजुरा– नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले विद्युत महशुल भुक्तानी नगरेका सेवाग्राहीहरुको लाइन काट्न सुरु गरेको छ । प्राधिकरणले जिल्लामा मिटर रिडिङ्ग गरेको ६० दिनसम्म पनि महशुल भुक्तानी नगरेका सरकारी तथा गैरसरकारी संस्था सहित सेवाग्राहीको लाइन काट्न सुरु गरेको हो ।
बाजुरामा २ महिनाभन्दा बढी समयसम्म महशुल भुक्तानी नगरेका नेपाल पत्रकार महासंघ बाजुरा शाखा सहित १८ वटा सरकारी कार्यालयमा विद्युत लाइन काटिने भएको छ ।
विद्युत प्राधिकरण वितरण केन्द्र बाजुराका अनुसार नेपाल पत्रकार महासंघ बाजुरा शाखाले ३१ महिनासम्म महशुल भुक्तानी नगरेकाले लाइन काट्न लागिएको जनाएको छ । त्यस्तै गौमुल गाउँपालिकाको रिपीटर टावरले ९ महिना, कृषि ज्ञान केन्द्र बाजुरा ४, नेपाल रेडक्रस बाजुरा ४, बाजुरा अदालतले ५ महिनाको महशुल भुक्तानी नगरेको जनाएको छ । त्यस्तै भेटे जनजाति ६, लक्ष्मि मावि जिल्ली १२, धुरालसैन मावि ३, सरस्वती मावि खप्तड छेडेदह १२, स्वास्थ्य कार्यालय बाजुरा ७, बुढीगंगा नगरपालिका १ ले ८ र २ नम्बर कार्यालयले २२ महिनाको महशुल बक्यौता तिर्न बाँकी रहेको जनाएको छ । त्यसै गरी आधारभूत स्वास्थ्य चौकी धुरालसैन १२, खप्तड छेडेदह गाउँपालिकाले ७, सोहि पालिका वडा नम्बर ५ ले ६, कृषि सेवा केन्द्र ७, डोगडी प्रहरी चौकी ५ र अस्थायी प्रहरी चौकी बल्देले ५ महिनाको महशुल भुक्तनी गर्न बाँकी रहेको छ ।
त्यस्तै बडीमालिका नगरपालिकामा ६८, खप्तड छेडेदहमा २ र बुढीगंगा नगरपालिकामा ६ गरी ७६ घरमा पनि तत्काल महशुल नतिरे लाइन काटिने जनाएको छ ।
त्यसै गरि नेकपा माओबादी केन्द्र बाजुराको कार्यालयको २०८० कार्तिक १५ गते र श्रोत केन्द्र भवन मार्तडीको २०८० मसिंर २९ गते लाईन काटीसकेको बिधुत प्राधिकरण बाजुरा बितरण केन्द्रले जनाएको छ ।
विद्युत प्राधिकरण वितरण केन्द्र बाजुराका प्रमुख राजेश कुमार झाले जिल्लामा समयमै महशुल भुक्तानी नगरेका कार्यालय सहित सेवाग्राहीको विद्युत लाइन काट्न सुरु गरिएको बताएका छन् । प्रमुख झाँले लाइन काटेपछि पुनः जोड्न दोहोरो रकम सहित झन्झट हुने भन्दै तत्काल बाँकी रहेको बक्यौता महशुल भक्तानी गर्न पनि अनुरोध गरेका छन् ।
त्यस्तै विद्युत प्राधिकरण वितरण केन्द्र बाजुराले बिहिवार एक सूचना जारी गर्र्दै तत्काल महशुल तिर्न बाँकी रहेका ग्राहकहरुलाई तत्काल भुक्तानी गर्न अनुरोध गरेको थियो ।
नेपाल विद्युत प्राधिकरणको विनियमावली अनुसार पौष २ गते देखि २९ गतेसम्म अभियानका रुपमा विद्युत महशुल बक्यौता रहेका ग्राहकहरुको विद्युत लाइन काट्ने कार्य भइरहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार