बाजुरा– जिल्ला प्रशासन कार्यालय बाजुराले मार्तडी कोल्टी बस सेवा सञ्चालनको लागि अनुमति दिने निर्णय गरे पनि बस सचालनका लागि भने कुनै सुरसार भएकाे देखीदैन । नियमित बस सेवा सञ्चालनका लागि अनुमति दिने निर्णय गरेको महिनादिन पुग्न लाग्दा पनि बस संचालन गर्ने सुरसार भएकाे छैन ।
बाजुराको सदरमुकाम मार्तडीसम्म मात्रै बस सेवा सञ्चालन हुने गरेकोमा काेल्टि सम्म बस संचालन गर्न मंसिर २० गते जिल्ला प्रशासन कार्यालय बाजुरामा सर्बदलिय सर्वपछिय बैठक बसेकाे थियाे । बैठकले तत्काल बस संचालन गर्ने निर्णय गरेकाे भए पनि कुनै पहल नभएकाे स्थानियले बताएका छन । कर्णाली करिडोरको बाटो भएर पीलुचौर, धुलाचौरसम्म बस सञ्चालन भइरहेपनि मार्तडी कोल्टी सडकमा अझै सेवा सञ्चालन भएको छैन् ।