• होमपेज
  • कोशी प्रदेश
  • अनेरास्ववियुद्धारा निःशुल्क लोकसेवा र शिक्षक सेवा आयोगका कक्षाहरु स‌चालन

अनेरास्ववियुद्धारा निःशुल्क लोकसेवा र शिक्षक सेवा आयोगका कक्षाहरु स‌चालन

  • मङ्लबार, पुस २, २०८१
अनेरास्ववियुद्धारा  निःशुल्क लोकसेवा र शिक्षक सेवा आयोगका कक्षाहरु स‌चालन

काठमाण्डाै– अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीले  देशभरका युवाहरुको लागी निःशुल्क लोकसेवा र शिक्षक सेवा आयोगका कक्षाहरु स‌ंचालन गर्ने भएकाे  छ ।  लोकसेवा आयोग र शिक्षक सेवा आयोगका लागि सञ्चालन हुने तयारी कक्षामा सहभागिताका लागि आवेदन पेस गर्न अनेरास्ववियु, काठमाडौँ जिल्ला कमिटीले सार्बजनिक सुचनामार्फत जनाएकाे छ  ।

अनेरास्ववियु, काठमाडौँ जिल्ला कमिटीको मिति २०८१ पौष १ गते अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज  धर्मराज तिमिल्सिनाको प्रमुख आतिथ्यता र अध्यक्ष निराजन थापाको अध्यक्षतामा सम्पन्न तेस्रो पदाधिकारी बैठकले युवालाई देशमै रोजगारीमा अभिप्रेरित गर्ने अभिप्रायले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका लागि निःशुल्क अनलाइन तयारी कक्षा सञ्चालन गर्ने निर्णय गरेको काठमाडौँ जिल्ला इन्चार्ज  धर्मराज तिमिल्सिनाले बताएका छन ।
उपर्युक्त निर्णयबमोजिम विभिन्न पेसा एवम् व्यवसाय, भौगोलिक विकटता वा अन्य विविध कारणले इन्टिच्युटसम्म पुग्न नसकेर सरकारी सेवा प्रवेश गर्ने युवाहरूको अभिलाषालाई पूरा गर्न यस कमिटीले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका विभिन्न पदका लागि अनलाइन मार्फत तयारी कक्षा सञ्चालन गर्न गइरहेको हुँदा देशभरिका सरकारी सेवामा प्रवेश गर्न इच्छुक युवाहरूले मिति २०८१ पौष १५ गतेभित्र तपसिलका विवरणसहित उपलब्ध गुगल फाराम ( https://forms.gle/aZHPtyMntCzhFKeq5 ) भरी यस कमिटीमा आवेदन पेस गर्न काठमाडौँ जिल्ला इन्चार्ज   तिमिल्सिना अनुरोध गरेका छन ।

अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज धर्मराज तिमिल्सीनाले यसका लागी आवश्यक स्रोत खोजी तथा व्यस्थापनको जिम्मा आफुले नै लिइ, विकट र फरक क्षमता भएका, आर्थिक अभावमा रहेका देश भरिका युवाहरूलाई तथा पेसा व्यवसायको कारण अध्ययनमा कम समय दिने तमाम युवाहरुको लागी अवसर दिदै देशमा छरिरहेको चरम निराशालाई चिर्न जिल्ला कमिटीलाई यो कार्यक्रम कार्यान्वयन गर्न इन्चार्ज धर्मराज तिमिल्सीनाले निर्देशन दिएका छन।

No description available.

 

 

चर्चामा

सम्बन्धित समाचार