बाजुरा—नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको नयाँ नेतृत्व सर्वसम्मत घोषणा भएको छ । हिजो तोकिएको निर्वाचन अघि नै जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएपछि आज निर्वाचन समितिले एक कार्यक्रमका बिच घोषणा गरेको हाे ।
जिल्लामा सबै संगठनबाट साझा नेतृत्व निर्विरोध चयन भएपनि संघ तथा प्रदेशका लागि भने शुक्रवार निर्वाचन गरेर मतगणना गरि मत परिमाण सार्वजनिक भइसकेको छ । बाजुरामा प्रेस चौतारी, प्रेस युनियन, प्रेस समाजवादी र प्रेस सेन्टरबिच सहमति गरेर साझा प्यानल घोषणा गरेर नयाँ नेतृत्व निर्विरोध गरिएको हो ।
पत्रकार महासंघ बाजुरा शाखाको अध्यक्षमा पदम बहादुर सिंह र सचिवमा प्रेम बहादुर रौले सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा संगिता तिमिल्सेना, रमित विक., सहसचिवमा जनक बोहरा, राजेन्द्र विक, कोषाध्यक्षमा उमेश शाही निर्विरोध चयन भएका छन् । त्यसै गरी सदस्यमा सोधा नेपाली, सन्तोष जैशी, धनकृष्ण विक, धर्मी कुमारी बुढा, धनरुप कामी, उमेश रोकाया रहेका छन् । त्यस्तै जिल्लाबाट केन्द्रीय परिषद सदस्यमा दयाराम पण्डित र कृष्ण ओली छन् भने प्रदेश परिषद सदस्यमा निमेन्द्र शाही, अनिल शाही, छक्क मल्ल, मोहनराज जैशी र प्रशान्तराज जोशी रहेका छन् ।
शुक्रवार राति संघ तथा प्रदेशको मत गणना गरेर निर्वाचन समितिले आज बिहान एक औपचारिक कार्यक्रमका बिच अन्तिम मत परिमाण घोषणा गरेको छ । कार्यक्रममा नवनिर्वाचित सम्पूणर् पदाधिकारीहरुलाई सपथ ग्रहण गराउँदै प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै कार्यक्रम मार्फत जिल्लाबाट पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिमा मतदान पुर्व नै निर्विरोध निर्वाचित सन्तोषी रावल र भुवनेश्वरी शाहीलाई बधाई दिइएको छ ।