बाजुरा —जिल्ला प्रशासन कार्यालय बाजुरामा महिनौं देखि रोकिएको राहदानी सेवा पुनः सुचारु भएको छ । कार्यालयबाट हुँदै आएको विद्युतिय राहदानीको विवरण संकलन सिस्टममा समस्या आएपछि स्थगन गरिएकोमा उक्त समाधान भएपछि पुनः सेवा सुरु भएको हो ।
जिल्ला प्रशासन कार्यालय बाजुराले आज एक सूचनामार्फत राहदानीको विवरण संकलन कार्य आजैवाट सुचारु भएको जानकारी गराएको छ ।
मंसिर ६ गते प्रशासन कार्यालयबाट हुदैँ आएको विद्युतिय राहदानीको विवरण संकलन सिस्टममा समस्या आएपछि सो कार्य रोकिएको थियो ।