बाजुरा– नेकपा एमाले निकट अखिल नेपाल विद्यार्थी संगठन (अनेरास्ववियु) बाजुराको ११ औं जिल्ला अधिवेशन यहि मसिंर २५ र २६ गते हुने भएको छ । अनेरास्ववियुको पदाधिकारी बैठकले सदरमुकाम मार्तडीमा ११ औं जिल्ला अधिबेशन भब्यताका साथ गर्ने निर्णय गरेको हाे ।
देश भरिका सम्पूर्ण प्रगतिशील ,जनवादी तथा देशभक्त विद्यार्थी एकजुट हाेऔं ” “नयाँ साेचकाे निर्माण स्वदेशमै राेजगारिकाे आधार , निःशुल्क गुणस्तरीय शिक्षामा अनेरास्ववियु बाजुराको निरन्तर प्रयास ” भन्ने मुल नाराका साे अधिबेशन संचालन गरिने अनेरास्ववियु बाजुराका प्रचार प्रसार बिभाग प्रमुख प्रकाश खड्काले बताएका छन ।